Latest News

कालिकाका सुकुमबासी समुदायले बनाए फाेहाेरबाट सजावटका सामग्री

6060bf6a-3e8a-4425-b5ef-47c87ef8c315

रत्ननगर । कालिका नगरपालिकाका सुकुमबासी समुदायलाई घरमै फाेहाेर व्यवस्थापनकाे लागि तालिम दिइएकाे छ । समुदाय स्तरमै फाेहाेरकाे संकलन र व्यवस्थापनकाे आधार खाेज्न सुकुमबासीलाई फाेहाेर व्यवस्थापन तालिम दिइएकाे हाे ।

कालिका नगरपालिका वडा नं ३ काे आयाेजना तथा कालिका नगरपालिका र सुमन्ती आवासका लागि सहयाेग समुहकाे सहयाेगमा बेकारबाट आविस्कार नारा सहित तीन दिने तालिम दिइएकाे हाे । ७ वटा सुकुमबासी समुदायका ३५ जनाकाे सहभागिता रहेकाे तालिममा मिनिरल वाटरकाे बाेत्तलमा फाेहाेर काेचेर मुडा बनाउन, काेक, फेन्टाकाे बाेत्तलबाट धागाे निकालेर डाेरी, रेशनदार बाेराकाे धागाेबाट माला, प्लाष्टिककाे बाेत्तलबाट फुल, कप तथा सजावटका सामग्री बनाउन सिकाइएकाे लुमन्तीका कार्यक्षेत्र संयाेजक सिंह बहादुर लामाले जानकारी दिए ।

तालिमका प्रशिक्षक श्रीरेन्द्रप्रकास पाैडेलले फाेहाेर व्यवस्थापनकाे लागि डम्पिङकाे खाेजिगरिरहेकाे कालिकामा बेकारबाट आविस्कार नामक तालिक फलदायी हुने बताए । उसले यस प्रकारकाे तालिम विद्यालय स्तरमा सञ्ञालन गर्नु पर्ने बताए । समापन कार्यक्रममा वडाध्यक्ष वीरेन्द्र तामाङले घरबाट फाेहाेरकाे वर्गीकरण गरि उपयाेगी सामग्री निर्माणकाे लागि बजेट विनियाेजन गरेरै याेजना सञ्चालन गर्ने र त्यसलाई सार्थक बनाउने बताए । वातावरण जाेगाउन पनि याे काम गर्न जरूरी छ उनले भने अब विद्यालय र समुदाय स्तरमा याे कामलाई तीब्रता दिनेछाैं।

कालिका नगरपालिकाका शाखा अधिकृत प्रकाश पाैडेलले घरेलु स्तरबाट फाेहाेर व्यवस्थापनकाे लागि बेकारबाट आविस्कार नारा सहितकाे कार्यक्रम उत्कृष्ट नमुना भएकाे बताए । कालिकाका फाेहाेर संकलन र व्यवस्थापनकाे काम सुरुवातकाे अन्तिम चरणमा रहेकाे भन्दै उनले फाेहाेर व्यवस्थापनकाे लागि नगरवासीलाई जिम्मेवार बनाउने गरि आयाेजना गरिएकाे तालिम फलदायी हुने बताए । तालिममा सहभागी सीता तामाङले तालिम लिएपछि फाेहाेरबाट उत्कृष्ट सामग्री बनाउन सिकेकाे र अब फाल्ने र जलाउने फाेहाेरलाई संकलन गरि प्रयाेगमा ल्याउने बताइन् ।