Day: ५ आश्विन २०८१, शनिबार ०७:२५

दशैँको टीकाको साइत असोज २६ गते बिहान ११ः३६ बजे

दशैँको टीकाको साइत असोज २६ गते बिहान ११ः३६ बजे

काठमाडौं, ५ असोज । यसपालिको दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ। बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सार्वजनिक गरेको हो। समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९ः१६ बजे र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७ः११ बजे तथा स्थिरासन ८ः४३ बजे तोकिएको छ। असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको छ। यस्तै २६ गते विहान ११ः३६ बजे टीकाको साइत तोकिएको छ।
Read More
कालिकाका सुकुमबासी समुदायले बनाए फाेहाेरबाट सजावटका सामग्री

कालिकाका सुकुमबासी समुदायले बनाए फाेहाेरबाट सजावटका सामग्री

रत्ननगर । कालिका नगरपालिकाका सुकुमबासी समुदायलाई घरमै फाेहाेर व्यवस्थापनकाे लागि तालिम दिइएकाे छ । समुदाय स्तरमै फाेहाेरकाे संकलन र व्यवस्थापनकाे आधार खाेज्न सुकुमबासीलाई फाेहाेर व्यवस्थापन तालिम दिइएकाे हाे । कालिका नगरपालिका वडा नं ३ काे आयाेजना तथा कालिका नगरपालिका र सुमन्ती आवासका लागि सहयाेग समुहकाे सहयाेगमा बेकारबाट आविस्कार नारा सहित तीन दिने तालिम दिइएकाे हाे । ७ वटा सुकुमबासी समुदायका ३५ जनाकाे सहभागिता रहेकाे तालिममा मिनिरल वाटरकाे बाेत्तलमा फाेहाेर काेचेर मुडा बनाउन, काेक, फेन्टाकाे बाेत्तलबाट धागाे निकालेर डाेरी, रेशनदार बाेराकाे धागाेबाट माला, प्लाष्टिककाे बाेत्तलबाट फुल, कप तथा सजावटका सामग्री बनाउन सिकाइएकाे लुमन्तीका कार्यक्षेत्र संयाेजक सिंह बहादुर लामाले जानकारी दिए ।…
Read More
ट्रकमा ल्याइएका १९ वटा गाई गोरु सहित २ जना पक्राउ

ट्रकमा ल्याइएका १९ वटा गाई गोरु सहित २ जना पक्राउ

नवलपुर । मिनी ट्रकमा खाँदाखाँद गरेर ट्रकमा गाई गोरु विक्री वितरणका लागि लैजाँदै गरेको एक टोलीलाई नवलपुर प्रहरीले दाउन्नेबाट नियन्त्रणमा लिएको छ । आज नवलपुरको विनयी त्रिवेणी २ दाउन्नेबाट दाउन्नेमा रहेको प्रहरी टोलीले उक्त गाई गोरु र ट्रक सहित २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । पश्चिम नवलपरासीको सुनवल नगरपालिका ८ बाट ग. प्र. ०३–००१ ख २२७० मिनि ट्रकमा लोड गरी लैजादै गरेको अवस्थामा प्रहरी चौकी दाउन्ने टोलीले १९ वटा जर्सी प्रजातिका गाई र गोरुलाई नियन्त्रणमा लिएको हो । १५ वटा गाई र ४ वटा गोरु मासु परियोजनका लागि विक्रीको लागि लाग लागिएको…
Read More