नवलपुर । मिनी ट्रकमा खाँदाखाँद गरेर ट्रकमा गाई गोरु विक्री वितरणका लागि लैजाँदै गरेको एक टोलीलाई नवलपुर प्रहरीले दाउन्नेबाट नियन्त्रणमा लिएको छ ।
आज नवलपुरको विनयी त्रिवेणी २ दाउन्नेबाट दाउन्नेमा रहेको प्रहरी टोलीले उक्त गाई गोरु र ट्रक सहित २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । पश्चिम नवलपरासीको सुनवल नगरपालिका ८ बाट ग. प्र. ०३–००१ ख २२७० मिनि ट्रकमा लोड गरी लैजादै गरेको अवस्थामा प्रहरी चौकी दाउन्ने टोलीले १९ वटा जर्सी प्रजातिका गाई र गोरुलाई नियन्त्रणमा लिएको हो ।
१५ वटा गाई र ४ वटा गोरु मासु परियोजनका लागि विक्रीको लागि लाग लागिएको सूचनाको आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जसमध्ये एउटा गाई र एउटा गोरु ट्रकमै मृत अवस्थामा फेला परेको थियो । पछिल्लो तिनवर्ष यता दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका प्रहरी प्रमुखसंग सेटिंग मिलाएर बिभिन्न स्थानमा खरिद गरिएको चौपाय मासुको प्रयोजनका लागि पूर्वी नाका हुदै बंगलादेश लैजाने गरेको पाइएको हो ।
प्रहरीले ट्रक चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको गाई गोरुलाई त्रिवेणी गजेन्द्र मोक्षधाममा लगिए पनि त्यहाँ राख्न नमाने पछि जहाँबाट ल्याएको हो त्यही लगेर छाड्न लगिएको प्रहरी उपरीक्षक रेग्मीले बताए । मरेका दुई वटा पशुलाई भने स्थानीय जनप्रतिनिधिको रोहबरमा खाडल खनेर गाडिएको छ । उनँले गाईगोरु तस्कर गर्नेलाई कारवाहीको लागि कानुनी प्रक्रिया अगाडि बढाइने बताए ।