Latest News

रिलेशन खबर

755 Posts
एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

नेकपा एमालेले आज (शनिबार) देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दैछ । एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध र संसद पुनस्थापनाको माग गर्दै प्रदर्शन गर्न लागेको हो । एमालेले गत भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, असंवैधानिक ढंगबाट भएको संसद विघटन र भावी कार्यक्रमबारे प्रष्ट पार्न जनप्रदर्शन गर्न लागिएको जनाएको छ । एमालेले यसअघि गत मंगलबार देशभरका ७५३ वटै गाउँपालिकामा र कात्तिक २२ गते ६ हजार ७४३ वडामा भेला गरेको थियो । घोषित कार्यक्रमअनुसार एमालेले आगामी मंसिर ६ गते काठमाडौँमा वृहत जनप्रदर्शन र सभा गर्ने जनाएको छ ।  
Read More
पैँतीस हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार

पैँतीस हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार

सुदूरपश्चिम प्रदेशमा ३५ हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा यहाँका विभिन्न जिल्लामा समूह, सहकारी तथा इच्छुक व्यक्तिमार्फत ३५ हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार गरेको हो । मन्त्रालयका उपसचिव भरत श्रेष्ठले मन्त्रालयले सुदूरपश्चिममा भइरहेको जडीबुटी संरक्षण गरी उत्पादन बढाउने र जडीबुटीखेती विस्तार गर्ने गरिरहेको बताउनुभयो । उहाँले प्रदेशभर जडीबुटीखेती विस्तारका लागि गत आव २०८१÷८२ मा सङ्घ शसर्ततर्फ रु दुई करोड ३० लाख र प्रदेश सरकारबाट रु ६० लाख बजेट विनियोजन भई गत आवमा ३५ हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तारको काम भएको जानकारी दिनुभयो । मन्त्रालयले सुदूरपश्चिममा जडीबुटीखेती विस्तारका…
Read More
मुस्ताङमा तीन पालिकाका हिउँचितुवा पीडितलाई राहत वितरण

मुस्ताङमा तीन पालिकाका हिउँचितुवा पीडितलाई राहत वितरण

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमद्वारा यहाँका हिउँचितुवा पीडित २६ घरधुरीलाई वन्यजन्तु क्षति राहत हस्तान्तरण गरिएको छ । एक्यापले संरक्षित हिउँचितुवा र चितुवाको आक्रमणबाट पशुधनमा भएको क्षति राहत सम्बन्धित घरधुरीको बैंक खातामा भुक्तानी गराएको जनाएको छ । बिहीबार जोमसोमस्थित एक्याप कार्यालयमा आयोजित वन्यजन्तु संरक्षण सचेतना गोष्ठी तथा राहत वितरण कार्यक्रममा कार्यालय प्रमुख एवं संरक्षण अधिकृत राजेश गुप्ताले दुई वर्षदेखि रोकिएको वन्यजन्तु क्षति राहत सम्बन्धित पशुपालक घरधुरीलाई वितरण गराई भौचर हस्तान्तरण गरिएको जानकारी दिनुभयो । आव २०८०/८१ र आव २०८१/८२ मा वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका गरी कूल २६ घरधुरीको १११ पशुधन क्षति…
Read More
कुमारी घरको छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख

कुमारी घरको छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख

काठमाडौँ महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२/८३ को दररेट राखेर गणना गर्दा झिङ्गटी, पर्खाल, काठलगायतका छानासँग सम्बन्धित अवयवहरूको जीर्णोद्धार गर्न यो लागत आएको कामपाले जनाएको छ । कुमारीघरको छानो चुहिने भएपछि यसको प्राविधिक पक्षको अध्ययन गर्न गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न आज कामपाकी उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा साझेदार कार्यालयका अधिकारीहरूका बीच बसेको बैठकमा लागत अनुमानका विषयमा जानकारी दिइएको हो । कुमारी घर जीर्णोद्धारको प्राविधिक, सामाजिक तथा अन्य पक्षका विषयमा सरोकारवालाबाट प्रतिक्रिया लिएपछि उपप्रमुख डङ्गोलले, मौसम प्रतिकूलता हुनुअघि कुमारीघरको छानो जीर्णोद्धार गरिसक्नुपर्नेमा जोड…
Read More
हिमाल आरोहीको सुरक्षाका लागि बोर्डद्वारा उद्धार सामग्री हस्तान्तरण

हिमाल आरोहीको सुरक्षाका लागि बोर्डद्वारा उद्धार सामग्री हस्तान्तरण

नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षालाई ध्यानमा राखेर हिमालय उद्धार सङ्घ नेपाल (हिमालय रेस्क्यु एसोसिएसन)लाई आपतकालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ । सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही र पदयात्रीको सुरक्षामा थप सघाउ पुर्याउने उद्देश्यले बिहीबार ती उद्धार सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका पर्वतीय पर्यटकको सुरक्षाका लागि बोर्डले निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपालको हिमालय विश्वकै आकर्षण हो । यहाँ आउने आरोही र पर्यटकको सुरक्षा सुनिश्चित गर्न नेपाल पर्यटन बोर्ड निरन्तर प्रतिबद्ध छ । उद्धार सङ्घसँगको सहकार्यलाई हामी हिमाली पर्यटनको दिगोपनासँग पनि जोडेर हेर्छौँ…
Read More
कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु पर्योः मुख्यमन्त्री बानियाँ

कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु पर्योः मुख्यमन्त्री बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राज्यका हरेक निकायमा कुरा एउटा र व्यवहार अर्को हुँदा देशले अकल्पनीय क्षति व्यहोर्नु परेको बताउनुभएको छ । बानियाँले तीनै तहका सरकारले गरिबको पक्षमा, न्यायको पक्षमा काम नगर्दा देशमा विषम् परिस्थिति सृजना भएको बताउनुभयो । दोलखाको सदरमुकाम चरिकोटमा स्थानीय सरकारबीच सिकाइ आदानप्रदानका लागि राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उहाँले राज्य मेरो हो, यो देश मेरो हो भन्ने गरी नागरिकप्रति जिम्मेवार भएर कर्म नगरे समस्या उत्पन्न हुने धारणा राख्नुभयो । यहाँ आजदेखि स्थानीय सरकारको राष्ट्रिय कार्याशाला सुरु भएको छ । स्थानीय सरकारबीच सिकाइ आदानप्रदानका लागि राष्ट्रिय कार्यशालाको आयोजना गरिएको हो । कार्यशालामा देशभरका १९ स्थानीय तहका जनप्रतिनिधि र…
Read More
पैँतीस उद्योगद्वारा २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल

पैँतीस उद्योगद्वारा २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल

लोडसेडिङको समयमा ‘डेडिकेटेड’ तथा ‘ट्रङ्क लाइन’ संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका हुन् । यसरी, नेपाल विद्युत् प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ बक्यौता महसुल असूल गरेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ । ३५ उद्योगको कुल बक्यौता पाँच अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो । अब पाँच अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रङ्क लाइनबाट…
Read More
चुनावमा जाँदैनौँ, गृहमन्त्रीले धोका दिनुभयोः सुधन गुरुङ

चुनावमा जाँदैनौँ, गृहमन्त्रीले धोका दिनुभयोः सुधन गुरुङ

हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’का माग पूरा गर्न नसक्ने बताएका छन् । बिहीबार(कात्तिक २७) निर्वाचन आयोगमा सञ्चारकर्मीसँग उनले आफूहरू ०८४ को निर्वाचन ०८२ मा सार्न मात्र नलडेको बताए । उनले आफ्ना माग पूरा नभईकन निर्वाचनमा सहभागी नहुने उद्घोष गरे । सहिद, घाइतेका माग पूरा हुनुपर्नेमा उनले जोड दिए । “हामी चुनावमा जाँदैनौँ । हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेको पनि होइन । यति धेरै मान्छे घाइते, सहिद भएका छन्,” उनले भने, “गृहमन्त्री ओमप्रकाश अर्यालले धोका दिनुभयो । अहिले आएर चुनावमा जान्छौँ, यसको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ, घाइतेको…
Read More
अस्ट्रेलियामा सवारी दुर्घटनाः चितवनका तीन जनाको मृत्यु

अस्ट्रेलियामा सवारी दुर्घटनाः चितवनका तीन जनाको मृत्यु

अस्ट्रेलियामा सवारी दुर्घटना हँदा चितवनका तीन जनाको मृत्यु भएको छ । भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन जनाको मृत्यु भएको हो । कारका चालक (बाबु) ४१ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला (आमा) र तीन वर्षीया एक बालक (छोरा) को दुर्घटनास्थलमै मृत्यु भएको हो । उनीहरूसँगै यात्रा गरिरहेकी एक वृद्धाको भने उपचार भइरहेको छ । घाइते मृतक महिलाकी आमा रहेको समाचारमा उल्लेख छ । घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो । सब वे बाट मेन रोडमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनापछि भिक्टोरियाका वाणिज्य दूत…
Read More
नारायणी सिग्नेचर ब्रिज निर्माण सम्झौता भएको २९ महिनामा डिजाइन स्वीकृत, यस्तो छ डिजाइन

नारायणी सिग्नेचर ब्रिज निर्माण सम्झौता भएको २९ महिनामा डिजाइन स्वीकृत, यस्तो छ डिजाइन

निर्माण सम्पन्न हुनुपर्ने समय सकिन करिब डेढ वर्ष मात्रै बाँकी रहँदा नारायणीमा नदीमा बन्ने सिग्नेचर ब्रिजको डिजाइन स्वीकृत भएको छ । ४८ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएको पुलको डिजाइन नै २९ महिनापछि सडक विभागबाट स्वीकृत भएको हो । ४८ महिना (चार वर्ष)मा निर्माण सम्पन्न गर्नेगरी २०८० वैशाख १९ गते तुँदी कन्स्ट्रक्सनले सिग्नेचर ब्रिजको ठेक्का पाएको थियो । पहिलो १२ महिना अर्थात् १ वर्षभित्र पुलको डिजाइन तयार गरेर ३६ महिना (तीन वर्षमा) निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, झन्डै साढे दुई वर्ष (झन्डै २९ महिना)पछि पुलको डिजाइन स्वीकृत भएको हो । १ अर्ब ६८ करोडमा निर्माण सम्झौता भएको…
Read More