Latest News

ठूलो झण्डा बोक्ने बुबा चन्द्रकान्तलाई सम्झदैं काँग्रेस

a54d1cfc-0d62-41cb-bc66-b626ea97e485

चितवनः बि. सं. २०६२/०६३ को आन्दोलनमा राजधानी काठमाडौंका सडकमा मान्छेको हुलको बिचमा ठूलो झण्डा फहराउँदथ्यो । धेरैका हातमा झण्डा थिए ।

तिनका बिचमा फहरीएको ठूलो झण्डा बोक्ने व्यक्ति चितवनका चन्द्रकान्त न्यौपाने हुनुहुन्थ्यो । राजतन्त्रको बिरुद्धमा चितवनका सडकमा आन्दोलन चर्काउँदै न्यौपाने थप आन्दोलनका लागि काठमाडौं पुग्नुभएको थियो । त्यतिबेला मात्र होईन बि. सं. २०३६ साल यताका सबै आन्दोलनमा ठूलो झण्डा बोकेर प्रजातन्त्रका लागि उहाँ अनबरत लाग्नुभयो । उहाँका कान्छा छोरा बुद्धिकान्त न्यौपानेका अनुसार बि. सं. २०३६ सालमा बिपि कोईराला क्याम्पाचौरमा आउने कार्यक्रममा तत्कालिन सत्तापक्षले कार्यक्रम बिथोल्न साँडेलाई पेट्रोल छर्किएर छाड्दा साँडेले कुल्चिएर घाईते हुनुभएकी चन्द्रकान्तका आमा हरिमायाँको पछि मृत्यु भएको थियो । चन्द्रकान्तले आमालाई समेत कार्यक्रममा ल्याउनु भएको थियो ।

त्यस पछिका दिनहरुमा उहाँ अनबरत रुपमा नेपाली काँग्रेस र त्यसले संञ्चालन गरेका हरेक आन्दोलनमा अग्र पंङ्तिमा देखिनु हुन्थ्यो । प्रजातन्त्रका सेनानी न्यौपानेका छोरा बुद्धिकान्तले भन्नुभयो “मेरो बुबा हरेक आन्दोलनमा दैनिक जसो पक्राउ पर्ने गरेको हामीले बाल्यकालमा देख्यौ ।” घरमा प्रहरी गएर आमा सहित आँफुहरुलाई धम्काउने, बुट बजार्ने र यातना दिने गरेको उहाँ बताउनुहुन्छ । चन्द्रकान्तका चार भाई छोरा र एक छोरी छन् । छोरा सूर्यकान्तलाई बि. सं. २०४६ सालको आन्दोलनमा बाबु ल्याईज भन्दै १५ दिन हिरासतमा राखेको उहाँ सम्झनुुहुन्छ । त्यसो त बि. सं. २०४२ सालमा लामो समय प्रजातन्त्रका सेनानी न्यौपाने हिरासत बस्नुभएको थियो । बुद्धिकान्तले भन्नुभयो “हामीले थाहा पाएपछिका आन्दोलनमा बुबा कती हिरासत बस्नुभयो गनिसाध्य छैन ।”

आन्दोलनमा अग्र पंङ्तिमा हुने भएकाले पक्राउ परेर धेरैपटक साँझ उहाँ छुट्नुहुन्थ्यो । बि. सं. २०४६ सालको आन्दोलनमा उहाँको टाउको ल्याउनेलाई रु ५० हजार पुरस्कार समेत राखिएको थियो । बि. सं. १९९२ पुस २७ गते लम्जुङ्को दुरडाँडाको देउता पानीमा जन्मनु भएका चन्द्रकान्त न्यौपाने बि. सं.२०६९ साल भदौ २८ गते तत्कालिन सभापति शुशिल कोइरालालाई भेट्न काठमाडौं जाँदै गर्दा दुर्घटनामा परि निधन भएको थियो । त्यसो त माइक्रोबसमा रहनु भएका न्यौपानेले पछाडी सिटमा बस्ने बच्चा सहितकी महिलालाई ठाउँ दिएर आँफु पछिल्लो सिटमा बस्दा पछाडीबाट ट्रकले ठक्कर दिएर अन्तीम सिटमा बस्नुभएका उहाँको निधन भयो ।

उनै प्रजातन्त्रका सेनानी न्यौपानेको सम्झनामा उहाँको निवास भरतपुर महानगरपालिका वडा नम्बर ६ देवनगरमा नेपाली काँग्रेस वडा कमीटिले १२ औं स्मृति सभा गरेर शुक्रबार सम्मान गर्दै छ । पार्टीका नेता डा. शशांक कोइरालाको उपस्थितिमा उहाँको सम्झना गर्न लागिएको हो ।