सुशासनमा उत्कृष्ट रत्ननगरका मेयर सापकोटा सम्मानित
रत्ननगर। स्थानीय सरकारको संस्थागतक्षमता स्वमुल्याङ्कनमा उत्कृष्ट बनाउन नेतृत्व गरेका रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा सम्मानित भएका छन् । नेपालीकाँग्रेस स्थानीयतह समन्वय समितिले मेयर सापकोटाको नेतृत्वको उच्चकदर गर्दै सम्मान गरेको हो । पार्टी केन्द्रीयकार्यालय सानेपामा आयोजित विशेष कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले सम्मान गरेका हुन् । काँग्रेसबाट निर्वाचित भएका सापकोटाले देशभरमै उत्कृष्ट काम गरेको मुल्याङकन गरेर सम्मान गरिएको काँग्रेसका केन्द्रीय सदस्य एवं स्थानीय तह समन्वय विभागका संयोजक मधु आचार्यले बताए । बिहीबार कांग्रेस मुख्यालय सानेपामा कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाउँरनगरपालिकालाई सम्मान गरेको हो । स्थानीय सरकरको नेतृत्वमा पुगेर पार्टीको गौरव बढाएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाले सापकोटाको प्रसंसा गरेका थिए ।…