सांगीतिक र फेशन ईभेन्टमा भविष्य बनाउँदै राज रिजाल
चितवन । चितवनको राप्ती २ का राज रिजाल क्षेत्रीले सानो उमेरमा नै धेरै फेशन तथा म्युजिकल इभेन्ट्स गरिसकेका छन् । २२ वर्षिय राजले आफ्नो टिमसँग मिलेर देशभरका विभिन्न ईभेन्ट आयोजना गरिसकेका छन् । राजको आफ्नै ईभेन्ट कम्पनी छ । फेशन तथा म्युजिकल इभेन्टलाई लक्षित गर्दै उनले द पोजेटिभ ईभेन्ट्स दर्ता गराएका छन् । उनी उक्त कम्पनीका सिईओ समेत हुन् । राज अध्ययन, रोजगारी र अवसरको खोजीमा राप्तीबाट भरतपुर आएका थिए । भरतपुर आएर उनले अध्ययन सँगै विभिन्न कार्यक्रमहरुलाई नजिकबाट नियाल्न थाले । कार्यक्रम कसरी गर्ने, व्यवस्थापकिय पक्ष कसरी मिलाउनेलगायतका बिषयमा अध्ययन गर्न ताले । अन्य ईभेन्ट कम्पनी तथा कलाकारहरुसँग सम्बन्ध…