माधवपुर जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिताको उपाधि गौतमलाई

received_1613357109524377

रत्ननगर । रत्ननगर- १५ मा सेन्ट्रल कलेज दोस्रो माधवपुर चितवन जिल्ला स्तरिय खुल्ला माधवपुर बुद्धिचाल प्रतियोगिता-२०८१ सम्पन्न भएकोछ ।

शनिवार सम्पन्न खेलमा स्विस लिग अन्र्तगत सात रनको खेलमा सन्तोष गौतम अभिजित सातै रन जितेर प्रतियोगितामा प्रथम भएकाछन् । मंगल गुरूङ दोस्रो, जुनानाथ सापकोटा तेस्रो, आशिष गुरूङ चौथो, सुदिप श्रेष्ठ पाँचौ र सुजन न्यौपाने छौठो भएका छन् ।

यस्तै, महिला उत्कृष्ट प्रथम उज्वनी कंडेल, प्लस टु तर्फ उत्कृष्ट प्रथम प्रतीक चालिसे, प्लस टु तर्फ उत्कृष्ठ दोस्रो निशान पौडेल, स्कुल तर्फ उत्कृष्ट प्रथम सन्देश पुन, उत्कृष्ट दोस्रो प्रलिन अधिकारी, रत्ननगर उत्कृष्ट प्रथम शिशिर थापा, उत्कृष्ट दोस्रो सुनिल सिंखडा, साबिक पिठूवा उत्कृष्ट प्रथम कुशल दुवाडी, उत्कृष्ट दोस्रो सुगम पण्डीत, माधवपुर उत्कृष्ट प्रथम अर्चन रेग्मी र उत्कृष्ट द्वितीय युकेश अधिकारी भएकाछन् ।

रत्ननगर वडा नं. १५ का वडा अध्यक्ष आसिक तामङ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा.लि का प्रिन्सिपल वाई बी पौडेलले प्रतियोगिताका बिजेताहरु पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष तामङले खेल क्षेत्रमा वडा कार्यालय लगानी गर्न तयार रहेको बताए । बुद्धिचालमा जसरी ध्यान केन्द्रित गरेजस्तै पढाईमा समेत आफ्नो ध्यान केन्द्रित गर्न विद्यार्थीलाई आग्रह गरे ।

सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा।लि का प्रिन्सिपल पौडेलले सम्पूर्ण खेल जगतलाई माया गर्ने भएकाले खेल क्षेत्रमा सेन्ट्रल कलेजले सहयोग र सहकार्य गर्दै आईरहेको बताए । आगामी दिनहरुमा समेत सेन्ट्रल कलेजले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

पुरस्कार बितरण कार्यक्रममा चितवन जिल्ला बुद्धिचाल संघ चितवनका अध्यक्ष मोहन श्रेष्ठ, सेन्ट्रल कलेजका भ्वाईस प्रिन्सिपल ऋषिराम भण्डारी, माधवपुर खेलकुद विकास समितिका अध्यक्ष गणेश तामाङ पिठूवा सिंचाईका सचिव मदन भुजेल लगाएतको सहभागिता रहेको थियो ।

ताजा समाचारहरुः

माधवपुर जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिताको उपाधि गौतमलाई

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

माधवपुर जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिताको उपाधि गौतमलाई

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

माधवपुर जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिताको उपाधि गौतमलाई

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

माधवपुर जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिताको उपाधि गौतमलाई

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

माधवपुर जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिताको उपाधि गौतमलाई

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

माधवपुर जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिताको उपाधि गौतमलाई

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

माधवपुर जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिताको उपाधि गौतमलाई

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी