हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिंह लामाले मानव र वातावरण विच निकै घनिष्ठ सबन्ध रहेकोले बातवरण संरक्षणमा सबै मिलेर लाग्नु पर्ने बताउनु भएको छ ।
मंगलवार प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा हेटांैंडा उपमहानगरपलिका – ९ स्थित दिव्य बाल उद्यान बेतखोलसमा भएको वृक्षारोपण कार्यक्रमलाइै सम्बोधन गर्दे मुख्यमन्त्री लामाले पछिल्लो समय वन जंगल विनास हुने क्रम दिनप्रति दिन बढ्नाले मानवलाई प्रत्यक्ष असर गरिरहेको बताउदै त्यसको संरक्षणमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भएको हो । उहाँले पछिल्लो समय अव्यवस्थित बसोबास ,जंगलको भू–माग अतिक्रमण,लगाएत कुराहरुले वातावरणलाई प्रत्यक्ष असर गरिरहेको छ भने अर्कोतर्फ त्यसको असर मानवजाती समेत भोगीरहेको बताउनु भयो ।
यस्तै कार्यक्रममा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री सुरज लामिछानेले वातावरण संरक्षणको निम्ती हाल भएका बनजंगलको संरक्षण गर्दे अन्य खाली क्षेत्रहरुमा वृक्षारोपण गर्दे जानुपर्ने बताउनभयो । उहाँले बनजंगल बाट विरुवा रहेमात्र मानव अस्तिव रहने बताउनुभयो । यस्तै कार्यक्रममा प्रदेशका वन तथा वातावरण मन्त्रालयका मन्त्री कृष्ण प्रसाद सिलवालले लामो समयपछि प्राप्त संघियता सहितको संविधानले समवेशी रहेको बताउनुभयो । यस्तै उहाँले नागरिकलाई प्रत्यक्ष रुपमा अनुभव गर्ने गरि आएको संविधानले वडा–वडा सिंहदरवार र आफ्नै घर आगनमा सरकार भएको अनुभुती दिलाएकोे बताउनुभयो । उहाँले सिंहदरवारको अधिकार वडा–वडामा आएको बताउदै वडाबाटै धेरै काम सहज रुपमा जनताले गर्न पाएको बताउनुभयो । अहिले भएको संविधनाले नेपाली जनताको आवश्यता र औचित्यकै आधरमा धेरै मौलिक हक समेत समावेश गरेर सुनमा सुगन्ध दिएको समेत उहाँले बताउनुभयो ।
यस्तै मन्त्री कृष्ण प्रसाद सिलवालले संविधान दिवसको अवसरमा मन्त्रालयले गरेको वृक्षारोपण कार्यक्रमले समजालाई मानव र जगतविचको सम्बन्धलाई जोड्ने समेत जिश्वास रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ भव्यताका साथ मनाउने सन्दर्भमा मुख्यमन्त्री लामाको अध्यक्षतामा गत १८ गते बसेको बैठकको ३ दिन मनाउने निर्णय गरेको थियो । सोही अनुुसार पहिलो दिन वृक्षारोपण र खेलकुदको कार्यक्रम भएको हो । वृक्षारोपण कार्यक्रममा प्रदशेका मन्त्रीहरु,सचिव, कर्मचारीहरु लगाएतको अतिथ्यता रहेको थियो ।