नवलपुरमा कुलोमा डुबेर महिलाको मृत्यु

नवलपुरमा कुलोमा डुबेर महिलाको मृत्यु

नवलपुरमा कुलोमा डुबेर महिलाको मृत्यु

नवलपरासी । नवलपुरको सिचाई कुलोमा डुबेर एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली नगरपालिका ८ आँपटारी निवासी ३२ बर्षीय महिला गंगा विकको नहरको कुलोमा डुबेर मृत्यु भएको हो । विहान साढे ५ बजेतिर घर नजिकैको नहरको कुलामो डुबिरहेको अवस्थामा देखेर उपचारका लागि दुम्कौली नगर अस्पताल देवचुलीमा लगिएकोमा उनको विहान पौने ७ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि राखिएको छ ।
Read More
सिमलताल दुर्घटनामा बेपत्ताको खोजीमा सहयोग गर्न एमालेको आह्वान

सिमलताल दुर्घटनामा बेपत्ताको खोजीमा सहयोग गर्न एमालेको आह्वान

चितवन । नेकपा (एमाले) जिल्ला कमिटी चितवनले विज्ञप्ति जारी गरी भरतपुर–२९ स्थित सिमलतालमा गत शुक्रबार पहिरोमा परी दुई बसका ६३ बेपत्ता यात्रुमध्ये छैठौँ दिनसम्म केहीको बाहेक ४५ जनाको अवस्था पत्ता लाग्न नसकेको विषयले मर्माहत बनाएको जनाएको छ । बेपत्ता यात्रुको लास वा सास फेला पर्न नसक्नुको पीडा आफन्तजनसँगै नेकपा एमाले सिङ्गो पार्टी पंक्तिलाई पनि परेको जनाउँदै कार्यवाहक अध्यक्ष श्यामकुमार विष्टले यस दुःखद दुर्घटनाबाट आहत बनाएको वेदनामा समवेदना प्रकट गरेका छन् । उनले नारायणी नदीमा पानीको बहाव घटेसँगै बेपत्ता यात्रुहरुको शव यत्रतत्र देखिन थालेका छन् । शवको खोजी कार्यमा सुरक्षा निकायलाई सहयोग गर्न जिल्ला कमिटी चितवन नारायणी नदीको दुवै तटीय क्षेत्रमा…
Read More
खैरहनी वडा नं ५ र ७ को वडा कार्यालय भवन उद्घाटन

खैरहनी वडा नं ५ र ७ को वडा कार्यालय भवन उद्घाटन

खैरहनी । खैरहनी नगरपालिका वडा नम्बर ५ र ७ को नवनिर्मित वडा कार्यालय भवन बुधबार एकै दिन उद्घाटन गरिएको छ । अघिल्लो जनप्रतिनिधिको कार्यकालमा वडा नम्बर १,३,४,८,९ र ११ को भवन बनेपनी यी दुई वडाको आफ्नै भवन बन्न सकेको थिएन । वर्तमान जनप्रतिनिधि आएपछि यी दुई वडा ५ र ७ को कार्यालय भवन निर्माण गरिएको हो । वडा नम्बर ५ को कार्यालय यसअघि तत्कालीन दुर्गा मन्दिर आधारभूत विद्यालयको भवनबाट सेवा दिदै आएको थियो । त्यो विद्यालय मर्ज भएपछि वडा कार्यालय त्यही थियो । अघिल्लो जनप्रतिनिधिको कार्यकालमा वडा नम्बर ६ र वडा नम्बर ७ को कार्यालयबाटै संचालनमा आएपनी वर्तमान जनप्रतिनिधि आएपछि…
Read More
बछाैली माविमा शैक्षिक गुणस्तर सुधार गर्न अन्तर्क्रिया

बछाैली माविमा शैक्षिक गुणस्तर सुधार गर्न अन्तर्क्रिया

सौराहा । रत्ननगर नगरपालिका वडा नं.६ मा रहेकाे बछौली माविमा बार्षिक बजेट निर्माण तथा शैक्षिक गुणस्तरवृद्धिका लागि सुझाव संकलन एवम् अन्तर्क्रिया कार्यक्रम बुधबार सम्पन्न भएकाे छ । रत्ननगर नगरपालिका भित्रका वडा अध्यक्षहरु, विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीहरु बीच शैक्षिक सुधारका लागि अन्तर्क्रिया गरिएको हो । विद्यालयको शैक्षिक सुधारका लागि सरोकारवाला बीच छलफल गरि आगामी आर्थिक वर्षको नीति तथा योजना निर्माण तथा शैक्षिक सुधारमा जनप्रतिनिधिले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी प्राप्त गर्नका  लागि कार्यक्रम गरिएको रत्ननगर ६ का वडा अध्यक्ष किरण महतोले जानकारी दिए । समग्र शिक्षा प्रणालीको विकासको लागि वडा कार्यालय निरन्तर लागिरहेको साथै बालबालिकाहरुको चौतर्फी विकास, बालमैत्री सिकाई र…
Read More
सिमलताल दुर्घटनाः कार्यदलले लियो सरोकारवालाको सुझाव

सिमलताल दुर्घटनाः कार्यदलले लियो सरोकारवालाको सुझाव

चितवन । सिमलताल बस दुर्घटनाको अध्ययन गर्न बनेको कार्यदलले चितवन आएर घटनास्थलको निरीक्षण गर्नुको साथै सरोकारवालाहरुको सुझाव लिएको छ । सिमलतालको पहिरो र दुर्घटना भएको स्थानको स्थलगत निरीक्षण पश्चात जिल्ला प्रशासन कार्यालय चितवनको सभाहलमा अन्तरक्रिया गरिएको थियो । गृहमन्त्री रमेश लेखकले सिमलताल दुर्घटनाको अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा छ सदस्यिय कार्यदल गठन गरेका थिए । कार्यदलले घटना हुनुको कारण र आगामी दिनमा त्यस्ता घटना हुन नदिन अपनाउनुपर्ने उपायसम्बन्धमा सुझाव संकलन गर्नुका साथै बसमा सवार यात्रुका परिवारलाई राहत उपलब्ध गराउने सन्दर्भमा पनि अध्ययन गर्नेछ । गत असार २८ गते सिमलतालमा खसेको लेदोसहितको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली…
Read More
चितवनमा रेलमार्गको सर्भे गर्न आएको टोलीको गाडीमा आगजनी

चितवनमा रेलमार्गको सर्भे गर्न आएको टोलीको गाडीमा आगजनी

चितवन । चितवनमा रेलमार्गको सर्भे गर्न आएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्। बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर उनीहरूले गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ। गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको थियो। आगलागीबाटमा पूर्ण रुपमा क्षति भएकाे छ । आगो नियन्त्रणमा आइसकेको छ। पूर्वपश्चिम रेल मार्ग निर्माण गर्नका लागि हेटौंडाबाट बर्दघाटसम्म कन्सल्टेन्सीले अध्ययन गरिरहेको थियो। वडा नम्बर ८ मा मंगलबार नै सर्भे गरिएको थियो। त्यहाँ सकेर वडा नम्बर ७ कृष्णपुरमा बुधबार बिहान पुग्दा स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएर दिउँसो उनीहरू चढेको गाडीलाई जलाएको हो।
Read More
विरेन्द्र आदर्शलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण चिन्ह

विरेन्द्र आदर्शलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण चिन्ह

राप्ती । पुर्वी चितवनको विरेन्द्रनगरमा रहेको विरेन्द्र आदर्श माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण चिन्ह प्राप्त गरेको छ । राप्ती नगरपालिका वडा नम्बर ७ मा रहेको विद्यालयलाई एक कार्यक्रमको बिच अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह हस्तान्तरण गरिएको हो । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामा , शिक्षा विकास इकाई चितवनका प्रमुख भुमिलाल सुवेदी ,राप्ती ७ कि वडा अध्यक्ष सुमिता डल्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी लगायतको उपस्थितिमा अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह विद्यालयलाई हस्तान्तरण गरिएको हो । युनाइटेड एकृडिटेसन फाउन्डेसनको अन्तर्गत ग्लोबल क्वालिटी काउन्सिलका अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्रतिनिधि नारायण प्रसाद दवाडीले विद्यालयलाई गुणस्तर चिन्ह हस्तान्तरण गरेका हुन् । सोही क्रममा बोल्दै दवाडीले विद्यालयले पहिलो चरणको…
Read More
रेलमार्गको सर्भे गर्न आएको टोली स्थानीयको नियन्त्रणमा  

रेलमार्गको सर्भे गर्न आएको टोली स्थानीयको नियन्त्रणमा  

चितवन । भरतपुर महानगरपालिका वडा नं ७ मा पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न आएको टोलीलाई स्थानीयले केहीबेर नियन्त्रणमा लिएका छन् । भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले स्थानीयको अवरोधपछि भरतपुर ७ को रेलमार्गको सर्भे रोकिएको छ । विशालचोक नजिकका बासिन्दाले सर्भे गर्न रोक लगाएकाे वडाध्यक्ष काफ्ले बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘आक्रोशित स्थानीयले सर्भे गर्न आएका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।’ उहाँका अनुसार भरतपुरमा रेलमार्गको सर्भे गर्ने काम पूर्णरुपमा रोकिएको छ । सरकारबाट अनुमति लिएर आएको दाबी गर्ने आरएच कन्सल्टेन्सीको टोलीलाई स्थानीय बासिन्दाले गाडी र उपकरणसहित नियन्त्रणमा लिएका थिए । गाडीबाट रेलमार्गको सर्भे गर्दागर्दै करिब दुई सय जना स्थानीय…
Read More
कुकुर मारेको निहुँमा कावासोतीमा छोराद्वारा बुबाको हत्या

कुकुर मारेको निहुँमा कावासोतीमा छोराद्वारा बुबाको हत्या

नवलपरासी । नवलपुरको कावासोतीमा कुकुर मारेको विषयमा घर झगडा हुँदा १८ बर्षीय छोराले ४३ बर्षीय बुबाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कावासोती ५ ठकुरी चोक बस्ने १८ बर्षीय निराजन कुमालले आज विहान आफ्नै बुबा ४३ बर्षीय प्रेमबहादुर कुमालको हत्या गरेका हुन् । घर पालेको कुकुरलाई बुबाले कुटेको विषयमा झै झगडा हुँदा छोराले ढुंगाले टाउकोमा प्रहार गरी बुबाको हत्या गरेका हुन् । प्रहरीले हत्या आरोपमा छोरालाई पक्राउ गरेको छ भने घटना स्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा लगिएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।…
Read More
चितवनमा एक वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु

चितवनमा एक वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु

चितवन । चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ । २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो । जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका दुर्घटनामा परी बढी मानवीय क्षति भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ९२ पुरुष, १९ महिला र चार बालक रहेका छन् । सो अवधिमा चार सय ४५ सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी आठ सय ३२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । जिल्लाका भित्री सडकमा एक वर्षमा दुई सय ५० सवारीसाधन दुर्घटना भएका थिए । भित्री क्षेत्रका सडकमा…
Read More