Latest News

कुकुर मारेको निहुँमा कावासोतीमा छोराद्वारा बुबाको हत्या

received_1838089336675420

नवलपरासी । नवलपुरको कावासोतीमा कुकुर मारेको विषयमा घर झगडा हुँदा १८ बर्षीय छोराले ४३ बर्षीय बुबाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कावासोती ५ ठकुरी चोक बस्ने १८ बर्षीय निराजन कुमालले आज विहान आफ्नै बुबा ४३ बर्षीय प्रेमबहादुर कुमालको हत्या गरेका हुन् ।

घर पालेको कुकुरलाई बुबाले कुटेको विषयमा झै झगडा हुँदा छोराले ढुंगाले टाउकोमा प्रहार गरी बुबाको हत्या गरेका हुन् ।

प्रहरीले हत्या आरोपमा छोरालाई पक्राउ गरेको छ भने घटना स्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा लगिएको छ ।

घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घर अगाडिको नालामा छोराले बुबालाई ढुंगा प्रहार गरी हत्या गरेका थिए ।