चितवन । भरतपुर महानगरपालिका वडा नं ७ मा पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न आएको टोलीलाई स्थानीयले केहीबेर नियन्त्रणमा लिएका छन् ।
भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले स्थानीयको अवरोधपछि भरतपुर ७ को रेलमार्गको सर्भे रोकिएको छ । विशालचोक नजिकका बासिन्दाले सर्भे गर्न रोक लगाएकाे वडाध्यक्ष काफ्ले बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘आक्रोशित स्थानीयले सर्भे गर्न आएका दुई
जना कर्मचारीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।’ उहाँका अनुसार भरतपुरमा रेलमार्गको सर्भे गर्ने काम पूर्णरुपमा रोकिएको छ । सरकारबाट अनुमति लिएर आएको दाबी गर्ने आरएच कन्सल्टेन्सीको टोलीलाई स्थानीय बासिन्दाले गाडी र उपकरणसहित नियन्त्रणमा लिएका थिए । गाडीबाट रेलमार्गको सर्भे गर्दागर्दै करिब दुई सय जना स्थानीय भेला भएर सर्भे टोलीलाई नियन्त्रणमा लिएका हुन् ।