नेपालकै ठूलो मल्टिस्पेशलिष्ट ‘सिएमसी काठमाण्डौं अस्पताल’ सञ्चालनको तयारीमा
चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको नेतृत्वमा काठमाण्डौंको तीनकुनेमा मल्टिस्पेशलिष्ट ‘सिएमसी काठमाण्डौं अस्पताल’ सञ्चालनको तयारीमा रहेको छ । १२ अर्ब रुपैयाँभन्दा बढी लगानीमा नेपालकै निजी क्षेत्रको ठूलो अस्पताल सञ्चालनको तयारी गरिएको हो । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले सिएमसी काठमाण्डौंको नामबाट आगामी दसैंको घटस्थापनादेखि अस्पताल सञ्चालन गर्ने गरी तयारी गरिएको बताउनुभयो । उहाँले कान्तिपुर हेल्थलाई भन्नुभयो “१७ रोपनी जमिनमा १२ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर अस्पताल सञ्चालन गर्न लागेका हौं ।” अस्पतालको सञ्चालनको शुरुमा नै भारतको मेदान्त अस्पतालले यसको व्यवस्थापन गर्ने प्रा.डा. न्यौपानेले बताउनुभयो । क्यान्सर सहित मल्टिस्पेशलिष्ट सेवा अस्पतालले दिने छ । उहाँले भन्नुभयो…