मुग्लिन–मलेखु सडक आयोजनामा कुरिनटारका स्थानीयको ध्यानाकर्षण, फुटपाथदेखि स्पिड ब्रेकरसम्म सुधारको माग

muglin-malekhu

इच्छाकामना , असार ७ –

निर्माणाधीन मुग्लिन–मलेखु सडक निर्माण आयोजनाको प्याकेज ३ अन्तर्गत भइरहेको सडक, फुटपाथ तथा नाला निर्माण कार्यप्रति स्थानीयवासी तथा व्यवसायीहरूले विभिन्न सुझावसहित ध्यानाकर्षण गराएका छन्।

आइतबार कुरिनटारका स्थानीय तथा सरोकारवालाहरुले आयोजना शर्मा एण्ड कम्पनीका प्रोजेक्ट म्यानेजर इन्जियर निर्माण पोखरेललाई सुझावसहित ध्यानकर्षणपत्र बुझाएका हुन् ।
आयोजना प्रमुखलाई सम्बोधन गर्दै निर्माण कार्यको स्थलगत अवलोकनका क्रममा देखिएका प्राविधिक तथा व्यवहारिक पक्षहरू सुधार गर्न आग्रह गरेका हुन्। विश्व बैंकको ऋण सहयोगमा सञ्चालित आयोजनाअन्तर्गत हाल भइरहेको निर्माण कार्यले बजार क्षेत्रका सर्वसाधारण तथा व्यवसायीलाई प्रत्यक्ष असर पार्ने भएकाले आवश्यक सुधार गर्न माग गरिएको पत्रमा उल्लेख छ।

ध्यानाकर्षण पत्रमा बजार क्षेत्रमा निर्माण भइरहेको फुटपाथको चौडाइ हालको भन्दा बढाई २.५ देखि ३ मिटर कायम गर्न तथा २० सेन्टिमिटर आरसीसी ढलानसहित निर्माण गर्न सुझाव दिइएको छ। यसबाट संरचना दिगो र बलियो बन्नुका साथै पैदलयात्रीको आवतजावत सहज हुने विश्वास व्यक्त गरिएको छ। हाल १ मिटरको फुटपाथ निर्माण भइरहेको छ ।

त्यस्तै, सडकको सोल्जर लेभलबाट नालाको उचाइ करिब १० सेन्टिमिटर मात्र रहेकाले होटल, पसल, ग्यारेज तथा कलकारखानामा सामान ओसारपसार गर्न कठिनाइ हुने उल्लेख गर्दै नालाको भित्री भागबाट १ः३ को स्लोपमा एस्फाल्टिक वा रिजिड संरचना निर्माण गरी ‘क्लाइम्बिङ सपोर्ट’ व्यवस्था गर्न सुझाव दिइएको छ।

ध्यानाकर्षण पत्रमा बजार क्षेत्रमा दुर्घटना न्यूनीकरणका लागि प्रत्येक १०० देखि १५० मिटरको दूरीमा स्पिड ब्रेकरको उचित व्यवस्थापन गर्नुपर्ने, बजार क्षेत्रमा बस बे (Bus Bay) राख्नुपर्ने तथा निर्माण कार्यका क्रममा वातावरणीय प्रभावलाई न्यून बनाउन विशेष ध्यान दिनुपर्ने माग पनि गरिएको छ।

यस्तै, सडकको बीच भागमा हाल राखिएको डिभाइडरले बजार क्षेत्रको सुरक्षा तथा सौन्दर्यमाथि प्रश्न उठाएको उल्लेख गर्दै डिभाइडरलाई सानो तथा मितव्ययी शैलीमा निर्माण गर्नुपर्ने सुझाव दिइएको छ।
स्थानीयवासी तथा व्यवसायीहरूको हस्ताक्षरसहित तयार गरिएको उक्त ध्यानाकर्षण पत्र इटिको नेपाल कन्सल्टेन्सी तथा निर्माण कम्पनी÷सम्बन्धित पक्षलाई समेत बोधार्थ पठाइएको छ ।

ताजा समाचारहरुः

मुग्लिन–मलेखु सडक आयोजनामा कुरिनटारका स्थानीयको ध्यानाकर्षण, फुटपाथदेखि स्पिड ब्रेकरसम्म सुधारको माग

सर्लाहीदेखि काठमाडौँसम्मको कष्टकर पदयात्राः भोक र घाउसँग जुध्दै न्यायको खोजीमा लघुवित्त पिडित

मुग्लिन–मलेखु सडक आयोजनामा कुरिनटारका स्थानीयको ध्यानाकर्षण, फुटपाथदेखि स्पिड ब्रेकरसम्म सुधारको माग

नारायणी पुलमा बढ्दो आत्महत्याका घटना रोक्न रास्वपाको पहल, मन्त्री सोबिता गौतमलाई ध्यानाकर्षण पत्र

मुग्लिन–मलेखु सडक आयोजनामा कुरिनटारका स्थानीयको ध्यानाकर्षण, फुटपाथदेखि स्पिड ब्रेकरसम्म सुधारको माग

त्रिभूवन विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको आपत्ति, सुरक्षाकर्मीको व्यवहार सुधार्न माग

मुग्लिन–मलेखु सडक आयोजनामा कुरिनटारका स्थानीयको ध्यानाकर्षण, फुटपाथदेखि स्पिड ब्रेकरसम्म सुधारको माग

नारायणीको बाढीले सुस्तामा जोखिम, बस्ती जोगाउन स्थानीय आफैं मैदानमा

मुग्लिन–मलेखु सडक आयोजनामा कुरिनटारका स्थानीयको ध्यानाकर्षण, फुटपाथदेखि स्पिड ब्रेकरसम्म सुधारको माग

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

मुग्लिन–मलेखु सडक आयोजनामा कुरिनटारका स्थानीयको ध्यानाकर्षण, फुटपाथदेखि स्पिड ब्रेकरसम्म सुधारको माग

नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध

मुग्लिन–मलेखु सडक आयोजनामा कुरिनटारका स्थानीयको ध्यानाकर्षण, फुटपाथदेखि स्पिड ब्रेकरसम्म सुधारको माग

चितवनसहित देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण