रास्वपा महाधिवेशनस्थलमा डीडीसीको बिक्री कक्ष, दुग्धजन्य उत्पादनमा १० प्रतिशतसम्म छुट

dcc dairy

चितवन , असार ७ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनस्थलमा दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना दुग्धजन्य उत्पादनहरूको बिक्री कक्ष सञ्चालन गरेको छ।

भरतपुरस्थित महाधिवेशनस्थलमा स्थापना गरिएको बिक्री कक्षमा डीडीसीका करिब २० प्रकारका उत्पादनहरू उपलब्ध गराइएको छ। ती उत्पादनमा ५ देखि १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको डीडीसीका चितवन समेत हेर्ने बिजनेस डेभलपमेन्ट अफिसर चिरञ्जीवी बस्नेतले जानकारी दिए।

उनका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधि, नेता–कार्यकर्ता, आगन्तुक तथा सर्वसाधारणलाई लक्षित गर्दै बिक्री केन्द्र सञ्चालन गरिएको हो। बिक्री कक्षमा दूध, दही, घ्यू, मही, पनिर, चिज, आइसक्रिम, दूध पाउडर, खुवा लगायतका विभिन्न दुग्धजन्य सामग्री राखिएको छ।

डीडीसीका उत्पादन पछिल्लो समय चर्चामा पनि आएका थिए। रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले केही समयअघि डीडीसीको चिजसहितको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेपछि ती उत्पादनबारे व्यापक चर्चा भएको थियो। त्यसलगत्तै मन्त्रिपरिषद् बैठकका क्रममा समेत डीडीसीका उत्पादनहरू प्रयोग गरिएको तस्बिर सार्वजनिक भएको थियो।

वि.सं. २०२१ सालमा कम्पनी ऐनअन्तर्गत स्थापना भएको दुग्ध विकास संस्थान (डीडीसी) नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्था हो। संस्थानले देशभरका किसानबाट दूध संकलन गरी विभिन्न दुग्धजन्य उत्पादनको उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ।

ताजा समाचारहरुः

रास्वपा महाधिवेशनस्थलमा डीडीसीको बिक्री कक्ष, दुग्धजन्य उत्पादनमा १० प्रतिशतसम्म छुट

सर्लाहीदेखि काठमाडौँसम्मको कष्टकर पदयात्राः भोक र घाउसँग जुध्दै न्यायको खोजीमा लघुवित्त पिडित

रास्वपा महाधिवेशनस्थलमा डीडीसीको बिक्री कक्ष, दुग्धजन्य उत्पादनमा १० प्रतिशतसम्म छुट

नारायणी पुलमा बढ्दो आत्महत्याका घटना रोक्न रास्वपाको पहल, मन्त्री सोबिता गौतमलाई ध्यानाकर्षण पत्र

रास्वपा महाधिवेशनस्थलमा डीडीसीको बिक्री कक्ष, दुग्धजन्य उत्पादनमा १० प्रतिशतसम्म छुट

त्रिभूवन विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको आपत्ति, सुरक्षाकर्मीको व्यवहार सुधार्न माग

रास्वपा महाधिवेशनस्थलमा डीडीसीको बिक्री कक्ष, दुग्धजन्य उत्पादनमा १० प्रतिशतसम्म छुट

नारायणीको बाढीले सुस्तामा जोखिम, बस्ती जोगाउन स्थानीय आफैं मैदानमा

रास्वपा महाधिवेशनस्थलमा डीडीसीको बिक्री कक्ष, दुग्धजन्य उत्पादनमा १० प्रतिशतसम्म छुट

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

रास्वपा महाधिवेशनस्थलमा डीडीसीको बिक्री कक्ष, दुग्धजन्य उत्पादनमा १० प्रतिशतसम्म छुट

नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध

रास्वपा महाधिवेशनस्थलमा डीडीसीको बिक्री कक्ष, दुग्धजन्य उत्पादनमा १० प्रतिशतसम्म छुट

चितवनसहित देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण