काठमाडौं, भदौ १०–
तिब्बतबाट रसुवा हुँदै आएको बाढीले नुवाकोटमा विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले दिएको प्रारम्भिक जानकारी अनुसार नुवाकोटमा सबैभन्दा बढी क्षति वेत्रावती बजारमा भएको छ ।
त्रिशुली बजार बाढीले क्षति पुर्याएको छ भने सेन्ट्रल जेल डुबानमा परेको छ । देवीघाट बजार पनि बाढीले डुबाएको छ ।
विदुर नगरपालिकाका मेयर श्रेष्ठका अनुसार ९ बजेतिर बाढी नुवाकोटमा आएको थाहा भएको थियो । श्रेष्ठले भने,‘बाढीले क्षति पुर्याएको स्थानहरू यकिन गर्ने क्रममा छौं ।’