Day: १० भाद्र २०८३, बुधबार १४:११

बाढीबाट घाइते २४ जना रसुवा अस्पतालमा, एक जनाको मृत्यु, ६ जना गम्भीर

बाढीबाट घाइते २४ जना रसुवा अस्पतालमा, एक जनाको मृत्यु, ६ जना गम्भीर

काठमाडौं , भदौ १०- बाढीमा परी घाइते भएका २४ जनालाई उपचारका लागि रसुवा अस्पताल लगिएको छ । उपचाररत घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । रसुवा अस्पतालका सूचना अधिकारी नरेन्द्र थापाले बाढीमा परी घाइते भएका २४ जना उपचारका लागि अस्पताल आइपुगेको बताए । उनले एक जना घाइतेको मृत्यु भएको पुष्टि गरे । थापाका अनुसार घाइतेमध्ये केहीलाई सामान्य चोटपटक लागेको छ । ६ जना गम्भीर अवस्थाका बिरामीलाई भने अस्पतालले रेफर गरेको छ । ‘गम्भीर प्रकृतिका ६ जना घाइतेलाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको उनले बताए। सामान्य अवस्थाका केही बिरामीलाई पनि आवश्यक उपचारपछि रेफर गरिएको छ,’ थापाले भने ।
Read More
देवघाटमा बाढीको सतर्कताः पानीको सतह ८ मिटर पुग्ने अनुमान

देवघाटमा बाढीको सतर्कताः पानीको सतह ८ मिटर पुग्ने अनुमान

काठमाडौं , भदौ १०- चितवन–देवघाट बाढी मापन केन्द्रमा पानीको सतह बढेर करिब ८ मिटर पुग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ। नेपाल बाढी सूचनाका अनुसार देवघाटमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ। भोटेकोशीमा आएको बाढीको बहाव करिब दिउँसो ३ः३० बजे देवघाट क्षेत्रमा आइपुग्ने अनुमान गरिएको छ। प्रारम्भिक आकलनअनुसार बाढी आएपछि देवघाटमा पानीको सतह करिब ३ मिटरले बढ्न सक्ने र करिब ८ मिटर पुग्न सक्ने जनाइएको छ। उक्त बाढी २–३ वर्षको पुनरावृत्ति अवधिको हुन सक्ने अनुमान गरिएको छ। हालको आकलनअनुसार चितवन र नवलपरासी क्षेत्रमा ठूलो डुबानको सम्भावना कम रहेको जनाइएको छ। यद्यपि अर्को सूचना जारी नभएसम्म नदी आसपासका बस्ती तथा बजार…
Read More
त्रिशूलीको बाढी चितवन नजिकै, तटीय बस्तीका बासिन्दा सुरक्षित स्थानमा सारिँदै

त्रिशूलीको बाढी चितवन नजिकै, तटीय बस्तीका बासिन्दा सुरक्षित स्थानमा सारिँदै

चितवन, भदौ १० – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी चितवनको आसपास क्षेत्रमा आइपुगेको छ । बाढी चितवन प्रवेश गरिनसकेको जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् । उनका अनुसार बाढी फिस्लिङ क्षेत्रभन्दा अघिल्लो भागसम्म आइपुगेको जानकारी प्राप्त भएको छ । बाढीको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै सावधानी अपनाउन सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार जोखिमयुक्त क्षेत्र पहिचान गरी त्यहाँ बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि सबै सुरक्षा निकायलाई परिचालन गरिएको उनले बताए । यस्तै,…
Read More
ट्रमा सेन्टरका डाक्टरको टोली बाढी प्रभावित क्षेत्रतर्फ हिँड्यो

ट्रमा सेन्टरका डाक्टरको टोली बाढी प्रभावित क्षेत्रतर्फ हिँड्यो

काठमाडौं, भदौ १० – राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक रसुवाको बाढी प्रभावित क्षेत्रतर्फ हिँडेका छन् । सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार ७ जना चिकित्सकलाई केही औषधि सहित पठाइएको छ । ‘अहिले केही औषधि सहित आकस्मिक टिक बाढी प्रभावित ठाँउमा पठाएका छौं,’ डा. मरासिनीले भने, ‘अस्पतालमा पनि तयारी अवस्थामा बसेका छौं । ’
Read More
रसुवामा बाढीमा फसेका १२ जनाको उद्धार

रसुवामा बाढीमा फसेका १२ जनाको उद्धार

काठमाडौं, भदौ १० – रसुवा बाढीबाट प्रभावित भएका १२ जनाको नेपाली सेनाले उद्दार गरेको छ । नेपाली सेनाका अनुसार रसुवाका विभिन्न ठाउँहरुबाट हेलिकप्टरमार्फत १२ जनाको उद्धार गरिएको हो । अहिले नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन भएका छन् । यसका साथै नेपाली सेनाको मेडिकल टिमद्धारा पनि त्रिशुलीस्थित नं.१ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सुरु गरिएको बताएको छ ।
Read More
बाढीले फुर्के खोला पुल बगायो

बाढीले फुर्के खोला पुल बगायो

काठमाडौं, भदौ १० – रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ। पृथ्वी राजमार्गबाट धादिङ जोड्ने त्रिशूली नदीमाथिको पुल बाढीले बगाएको हो। गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार त्यहाँ केही मान्छेहरू फसेका छन्। उनले भने, ‘ठाउँ ठाउँमा राजमार्गसम्म पानीको सतह आइसकेको छ । राजमार्गको यात्रा ज्यादै जोखिमपूर्ण रहेको छ । पानीको बहाव धादिङ क्षेत्रमा बढीरहेको छ ।’
Read More
बाढीपीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टर उडाउन सरकारको अनुमति लिनु नपर्ने

बाढीपीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टर उडाउन सरकारको अनुमति लिनु नपर्ने

काठमाडौं, भदौ १० – बाढीबाट पीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरले अनुमति लिन नपर्ने भएको छ । तिब्बतबाट आएको ठूलो बाढी रसुवा हुँदै नेपालका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ । ठूलो मात्रामा भौतिक संरचना बाढीका कारणले क्षति पुर्‍याएको छ । बाढीका कारणले सम्पर्कविहीन हुनेहरुको संख्या यकिन हुन सकेको छैन । बाढी पीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरले अनुमति नलिइ उडान गर्नसक्ने गरी प्रधानमन्त्री कार्यालयबाट निर्देशन दिइएको छ ।
Read More
रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति, विवरण संकलन गरिँदै

रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति, विवरण संकलन गरिँदै

काठमाडौं, भदौ १० – तिब्बतबाट आएको अप्रत्यासित बाढीले रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति भएको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार अहिले कर्मचारीहरूसँग सम्पर्क गर्ने काम भइरहेको छ । धेरै कर्मचारी आफ्नो फोन र सामानहरु छाडेर भागेका छन् । जसले गर्दा सबै विवरण संकलन हुन समय लाग्ने अर्थ मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार रसुवागढी भन्सारमा ३६ जनाको दरवन्दी थियो । जसमध्ये २ जना बिदामा थिए । रसुवागढी भन्सारको यार्डमा रहेका सबै सवारी साधन बगेका छन् ।
Read More
नुवाकोटमा बाढीले कहाँ-कहाँ क्षति पुर्‍यायो ?

नुवाकोटमा बाढीले कहाँ-कहाँ क्षति पुर्‍यायो ?

काठमाडौं, भदौ १०– तिब्बतबाट रसुवा हुँदै आएको बाढीले नुवाकोटमा विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले दिएको प्रारम्भिक जानकारी अनुसार नुवाकोटमा सबैभन्दा बढी क्षति वेत्रावती बजारमा भएको छ । त्रिशुली बजार बाढीले क्षति पुर्‍याएको छ भने सेन्ट्रल जेल डुबानमा परेको छ । देवीघाट बजार पनि बाढीले डुबाएको छ । विदुर नगरपालिकाका मेयर श्रेष्ठका अनुसार ९ बजेतिर बाढी नुवाकोटमा आएको थाहा भएको थियो । श्रेष्ठले भने,‘बाढीले क्षति पुर्‍याएको स्थानहरू यकिन गर्ने क्रममा छौं ।’
Read More
रसुवाको बाढीले विद्युत गृह र २२० केभी सबस्टेसनमा क्षति, विद्युत आपूर्ति बन्द

रसुवाको बाढीले विद्युत गृह र २२० केभी सबस्टेसनमा क्षति, विद्युत आपूर्ति बन्द

काठमाडौं, भदौ १०– रसुवामा बुधबार आएको बाढीले नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृह तथा प्रसारण संरचनामा क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ। यस्तै, त्रिशूली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचनासमेत बाढीबाट प्रभावित भएका छन्। विद्युत उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले विद्युत आपूर्ति नियमित गर्न हरसम्भव प्रयास गरिरहेको भन्दै आपूर्ति नियमित नहुन्जेल धैर्य गरिदिन उपभोक्तालाई आग्रह गरेको…
Read More