चितवन, साउन-१७
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित मुग्लिन–नारायणगढ सडकखण्डको सुविधानगर क्षेत्रमा आइतबार बिहान तीन सवारीसाधन एकापसमा ठोक्किँदा तीन जना सामान्य घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ६ः३० बजे नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा।प्र।०१–०२८ च ३४७९ नम्बरको योद्धा गाडीले सोही दिशातर्फ अघि बढिरहेको ना४च ५७६३ नम्बरको बलेरो र भे१क २३६२ नम्बरको मिनी ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा बलेरोमा सवार चालकसहित तीन जना सामान्य घाइते भएका छन्। उनीहरूको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरू
देबेन्द्र सापकोटा ९४००, गैंडाकोट नगरपालिका–२, नवलपुर, बलेरो चालक
सुरेशराज महत्तो ९४५०, भरतपुर महानगरपालिका–३, चितवन
मन्तोष कुमार ९३२०, भारत घर भई हाल गैंडाकोट नगरपालिका–५, नवलपुरमा बसोबास गर्दै आएका
प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।