Day: १७ श्रावण २०८३, आईतवार १६:५२

चितवनमा जुवा खेलिरहेको अवस्थामा रास्वपा जिल्ला सदस्यसहित ११ जना पक्राउ

चितवनमा जुवा खेलिरहेको अवस्थामा रास्वपा जिल्ला सदस्यसहित ११ जना पक्राउ

चितवन, साउन १७- चितवनको भरतपुर महानगरपालिका–१० स्थित एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन जिल्ला कमिटी सदस्य मनोज पौडेलसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार साँझ अष्टभुजा पेट्रोल पम्प नजिक रहेको ‘विकल्प खाजा घर’मा जुवा खेल भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो। उक्त खाजा घर तनहुँका कमलबहादुर न्यौपानेले सञ्चालन गर्दै आएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार जुवा खालबाट ७१ हजार ५१५ रुपैयाँ नगद बरामद गरिएको छ। पक्राउ पर्नेहरूमा रास्वपा चितवन जिल्ला कमिटी सदस्य मनोज पौडेल, खाजा घर सञ्चालक कमलबहादुर न्यौपाने, ध्रुव कोइराला, रबिन काफ्ले, सुरेश…
Read More
गोलबजार क्षेत्रमा खुकुलो बनाइयो कर्फ्यु

गोलबजार क्षेत्रमा खुकुलो बनाइयो कर्फ्यु

काठमाडौँ , साउन १७- जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा कर्फ्यु खुकुलो बनाएको छ । आइतबार जिप्रकाले एक सूचना जारी गर्दै गोलबजार क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म कर्फ्यु खुकुलो पारिएको जानकारी दिएको हो । जारी सूचनाअनुसार स्थानीय परिस्थितिको थप विश्लेषण गरी कर्फ्यु थप खुकुलो पार्ने वा फिर्ता लिने सम्बन्धमा पुनः सूचित गरिने जनाइएको छ । साथै गोलबजार क्षेत्र भई सञ्चालन हुने लामो दुरीका सवारी साधन सञ्चालनमा आवश्यक सहजीकरण गर्न र कर्फ्यु खुकुलो पारिएको बेलामा ५ जनाभन्दा बढी भेला नहुन समेत सूचित गरिएको छ ।
Read More
निर्मल पुर्जाको निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

निर्मल पुर्जाको निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

काठमाडौं , साउन १७- विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’को पाकिस्तानस्थित ब्रड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उनको जन्मस्थल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा सोमबार शोक बिदा रहने जनाएको छ। गाउँपालिकाले दिवंगत पर्वतारोही पुर्जाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको सम्मानमा शोक बिदा दिइएको जनाएको छ।
Read More
मुग्लिन–नारायणगढ सडकखण्डमा ट्रक, योद्धा र बलेरो ठोक्किँदा तीन जना घाइते

मुग्लिन–नारायणगढ सडकखण्डमा ट्रक, योद्धा र बलेरो ठोक्किँदा तीन जना घाइते

चितवन, साउन-१७ चितवनको भरतपुर महानगरपालिका–२९ स्थित मुग्लिन–नारायणगढ सडकखण्डको सुविधानगर क्षेत्रमा आइतबार बिहान तीन सवारीसाधन एकापसमा ठोक्किँदा तीन जना सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ६ः३० बजे नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा।प्र।०१–०२८ च ३४७९ नम्बरको योद्धा गाडीले सोही दिशातर्फ अघि बढिरहेको ना४च ५७६३ नम्बरको बलेरो र भे१क २३६२ नम्बरको मिनी ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा बलेरोमा सवार चालकसहित तीन जना सामान्य घाइते भएका छन्। उनीहरूको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते हुनेहरू देबेन्द्र सापकोटा ९४००, गैंडाकोट नगरपालिका–२, नवलपुर, बलेरो चालक सुरेशराज महत्तो ९४५०, भरतपुर महानगरपालिका–३, चितवन मन्तोष कुमार ९३२०, भारत घर…
Read More
जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

चितवन, साउन १७- चितवनबाट एक फरार कैदी भरुवा बन्दुकसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले राप्ती नगरपालिका–११ थाकलटार बस्ने ४५ वर्षीय आइतसिंह लामालाई पक्रउ गरेको हो। प्रहरीका अनुसार उनलाई आज (आइतबार) घरबाटैनियन्त्रणमा लिइएको हो । लामा जेनजी आन्दोलनको क्रममा भरतपुर कारागारबाट २०८२ भदौ २५ गते भागेका थिए । पक्राउ गरेका लामा एक सिङ्गे गैँडा मारी वन्यजन्तु सम्बन्धी कसुर गरेको मुद्दामा १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना तोकिएका सजाय भुक्तान गरिरहेका कैदी हुन्। पक्राउ परेका लामामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्र भुषण यादवले जानकारी दिए ।
Read More
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ, साउन १७ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ। काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । इलाम नगरपालिका–९ मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे…
Read More