जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

arest_pakrau_1

चितवन, साउन १७-

चितवनबाट एक फरार कैदी भरुवा बन्दुकसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले राप्ती नगरपालिका–११ थाकलटार बस्ने ४५ वर्षीय आइतसिंह लामालाई पक्रउ गरेको हो। प्रहरीका अनुसार उनलाई आज (आइतबार) घरबाटैनियन्त्रणमा लिइएको हो ।

लामा जेनजी आन्दोलनको क्रममा भरतपुर कारागारबाट २०८२ भदौ २५ गते भागेका थिए । पक्राउ गरेका लामा एक सिङ्गे गैँडा मारी वन्यजन्तु सम्बन्धी कसुर गरेको मुद्दामा १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना तोकिएका सजाय भुक्तान गरिरहेका कैदी हुन्।

पक्राउ परेका लामामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्र भुषण यादवले जानकारी दिए ।