राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको ‘१० के एनवाईएफएन रन’ सम्पन्न

Running competition

काठमाडौँ, जेठ १-

राष्ट्रिय युवा संघको ३७ औं स्थापना दिवसको उपलक्ष्यमा ‘१० के एनवाईएफएन रन’ जेठ १ गते शुक्रबार काठमाडौंमा भएको हो।

‘स्वास्थ्का लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आ युवाहरुलारुई खेलकुद, अनुशासन, स्वास्थ्य सकारात्मक सोच तथा सामाजिक उत्तरदायित्वसँग जोड्ने उदेश्यले यो १० के रन आयोजना गरिएको युवासंघ नेपालका केन्द्रिय अध्यक्ष माहाराज गरुङ्गले जनाए। नेपाल एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा भएको रन बिहान साढे ६ बजे त्रिपरेश्वरस्थित दशरथ रंगशालबाट सुरु भई कोटेश्वोरको फन्को मारेर दशरथ रंगशालामै पुगेर टुङ्गिएको थियो। नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले उद्घाटन गरे पश्चात सुरु भएको यस १० के रनमा शीर्ष पाँच स्थानमा आउने खेलाडीले नगद पुरस्कार प्राप्त गरेका छन्।

रनमा क्रमस प्रथम — राजन रोकाया (२९ः५६.९), दोस्रो — खड्क बहादुर खड्का (३०ः२६.७) , तेस्रो — मुकेश बहादुर पाल (३१ः००.२),चौथो — संजय श्रेष्ठ (३१ः०७.४) र पाँचौँ — सुशील शाही (३२ः०७.६) भएका थिए।