३ लाख भूमिहीनलाई लालपूर्जाको तयारी गर्दैगर्दा डोजर लगाइयोः भूमि आयोगका पूर्व अध्यक्षहरु
काठमाडौं, जेठ १- राष्ट्रिय भूमि आयोगका पूर्व पदाधिकारीहरुले वर्तमान सरकारले सेनाको आडमा सुकुम्बासी बस्तीहरुमा डोजर लगाएर समस्या गिजोल्न तिर लागेको आरोप लगाएका छन् । शुक्रबार राजधानीको संवाद डबली पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले ३ लाख भूमिहीन तथा सुकुम्बासीले लालपूर्जा पाउनै लाग्दा बस्ती भत्काउनु सरकारको गैरजिम्मेवारी कदम भएको बताए । राष्ट्रिय भूमि अयोगका पूर्व अध्यक्ष केशव निरौलाले राज्यका हरेक नागरिकको अवासको संवैधानिक अधिकारविरुद्ध बालेन सरकारकारले सुकुम्बासी बस्तीमा डोजर लागएको भन्दै अक्रोश व्यक्त गरे । तत्कालीन नेकपा९माओवादी केन्द्र० र नेपाली काँग्रेसको गठबन्धन सरकारको पालमा अयोगको अध्यक्षको भूमिकामा रहेको बेलामा धेरैलाई लालपूर्जा वितरणको प्रक्रिया बढाएको निरौलाको दाबी छ । ‘हामीले ३ लाख बढीलाई…