Latest News

गणतन्त्रवादी शक्तिहरू एकजुट हुनु जरुरी छः माओवादी केन्द्र

प्रमुख सचेतक पाण्डे 
काठमाडौँ, १५ जेठ :
 नयाँ बानेश्वरस्थित स‌ङ्घीय संसद भवनमा बिहीबार बसेको प्रतिनिधिसभा बैठक धारणा राख्दै (नेकपा माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे । तस्बिर : नवीन पौडेल/रासस

काठमाडौँ, जेठ १५-

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डेले वर्तमान परिवेशमा सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूका तर्फबाट बोल्दै उहाँले भन्नुभयो, “गणतन्त्र स्थापनाका लागि जसरी हामीबीच एकरुपता भएको थियो, त्यसरी गणतन्त्रको रक्षाका निम्ति गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ ।” उहाँले भ्रष्टाचारको अन्त्य गर्दै सामाजिक न्याय र समृद्धिका निम्ति अग्रसर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पाण्डेले ‘भिजिट भिसा’ प्रकरण निरुपण नहुन्जेलसम्म गृहमन्त्री रमेश लेखकको राजीनामा माग निरन्तर जारी रहने उल्लेख गर्दै बजेट र आर्थिक सर्वेक्षणका लागि मात्र संसद् बैठक सञ्चालन गर्न आफूहरु सहमत भएको बताउनुभयो ।