Latest News

रत्ननगरकी लक्ष्मीको दु:खमा समाजको साथ : उपचार र खाद्यान्न सहयोग

Khadyanna sahayog

रत्ननगर । रत्ननगर वडा नं ९ स्थित दोभान सुकुमबासी बस्तीमा बस्दै आएकी लक्ष्मी महतोलाई खाद्यान्न सहयोग गरिएको छ । दुर्घटनामा उनको एउटै खुट्टा तीन ठाउँमा भाचिएको थियो । अस्पतालमा उपचार खर्च समेत तिर्न नसक्ने आर्थिक अबस्था कमजोर रहेकी उनलाई स्थानीय रामजी चौधरीले उपचार खर्च तिरेर उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । उक्त कार्यमा समाजसेवी युगबहादुर थापाले सहजीकरण गरेका थिए । उपचार गर्दा लागेको मध्ये एक लाख १५ हजार रुपैया चौधरीले ऋण खोजेर अस्पताललाई बुझाएका हुन । विदेश भ्रमणमा रहनु भएका रत्ननगरका मेयर प्रलाद सापकोटाको पहलमा अस्पतालबाट डिस्चार्ज गरिएको हो । अस्पतालमा अझै एकलाख दुई हजार तिर्न बाँकी छ तर उनको आर्थिक अबस्था हेर्दा लक्ष्मीका परिवारले उक्त रकम तिर्न सक्ने अबस्था भने छैन् । अस्पतालबाट घर आउदा अर्को समस्या आइपर्यो । घरमा अन्न थिएन । विरामी भोकै बस्नुपर्ने बाध्यकारी अबस्था र्सिजना भयो । कारुणीक अबस्था देख्न नसकेर समाजसेवी थापाको पहलमा टाँडीका व्यवसायीबाट खाद्यान्न संकलन गरी लक्ष्मीको परिवारलाई हस्तान्तरण गरिएको छ । उक्त कार्यमा पत्रकार होमनाथ सापकोटा र रामु आचार्यको साथ थियो । १) वडा नं १० का वडाध्यक्ष कलाधर पौडेलको पहलमा रत्ननगर नगरपालिकाबाट पंखा । २) वालजी ट्रेडर्सबाट दुई बोरा चामल र ५ लिटर तेल । ३) ओमप्रकास शाह कलवारकी छोरी मुस्कान कुमारी शाह कलवारको जन्मदिनको अबसरमा एक बोरा चामल, ५ केजी चिउरा । ४) मैनाली इन्टरप्राइजेजबाट ५ किलो मुसुरोको दाल, ३ किलो मासको दाल, ५ किलो आलु, ५ किलो नुन, एक किलो सोयाविन प्रदान गरिएको छ। यो सहयोगले लक्ष्मीको परिवारलाई तत्काल राहत मिलेको छ। समाजसेवी थापाले यस्ता कार्यले सामाजिक एकता र मानवीय संवेदनालाई जीवित राख्ने बताए।