प्रतिकुल मौसमका कारण लुक्ला जाने एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

202410151507-9e15b8fe-467e-4d6f-8f5f-0c758ccb600f_medium

मन्थली (रामेछाप),२९ असोज । सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकुल भएपछि रोकिएका हुन् ।

रोकिएका पर्यटकहरु कोही सडकबाट सोलुखुम्बु सदरमुकाम फाप्लुतर्फ लागेका छन् भने कोही हेलिकप्टरमार्फत सुर्के जान थालेका छन् । नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहका अनुसार समिट, तारा र सीता एअरलाइन्समार्फत लुक्ला जाने तयारीमा रहेका विदेशी पर्यटक रोकिएका हुन् ।

मन्थलीबाट पर्यटकीय याममा दैनिक ५५ देखि ६० उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका सूचना अधिकारी प्रज्वल गुरागाईंले जानकारी दिनुभयो । पर्यटकहरु शरद ऋतुका बेला सगरमाथा आधार शिविर पदयात्राका लागि जाने गर्दछन् । रासस

ताजा समाचारहरुः

प्रतिकुल मौसमका कारण लुक्ला जाने एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

सर्लाहीदेखि काठमाडौँसम्मको कष्टकर पदयात्राः भोक र घाउसँग जुध्दै न्यायको खोजीमा लघुवित्त पिडित

प्रतिकुल मौसमका कारण लुक्ला जाने एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

नारायणी पुलमा बढ्दो आत्महत्याका घटना रोक्न रास्वपाको पहल, मन्त्री सोबिता गौतमलाई ध्यानाकर्षण पत्र

प्रतिकुल मौसमका कारण लुक्ला जाने एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

त्रिभूवन विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको आपत्ति, सुरक्षाकर्मीको व्यवहार सुधार्न माग

प्रतिकुल मौसमका कारण लुक्ला जाने एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

नारायणीको बाढीले सुस्तामा जोखिम, बस्ती जोगाउन स्थानीय आफैं मैदानमा

प्रतिकुल मौसमका कारण लुक्ला जाने एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

प्रतिकुल मौसमका कारण लुक्ला जाने एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध

प्रतिकुल मौसमका कारण लुक्ला जाने एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

चितवनसहित देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण