यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

Tika-janamara (1)

काठमाडौँ, ३० असोज।  आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज दिन हो । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो ।

महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका नागरिक मान्यजनकहाँ टीका लगाउन गइरहेका देखिन्छन् । बडादसैँको सार्वजनिक बिदा सोमबार सकिएर मङ्गलबारदेखि सरकारी कार्यालय खुलेका छन् । टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहने शास्त्रीय व्यवस्था रहेको छ ।

यस वर्ष आज अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा तथा कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादसैं समापन हुन्छ । रासस

ताजा समाचारहरुः

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

सर्लाहीदेखि काठमाडौँसम्मको कष्टकर पदयात्राः भोक र घाउसँग जुध्दै न्यायको खोजीमा लघुवित्त पिडित

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

नारायणी पुलमा बढ्दो आत्महत्याका घटना रोक्न रास्वपाको पहल, मन्त्री सोबिता गौतमलाई ध्यानाकर्षण पत्र

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

त्रिभूवन विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको आपत्ति, सुरक्षाकर्मीको व्यवहार सुधार्न माग

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

नारायणीको बाढीले सुस्तामा जोखिम, बस्ती जोगाउन स्थानीय आफैं मैदानमा

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

चितवनसहित देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण