Day: २९ आश्विन २०८१, मंगलवार १९:०९

प्रतिकुल मौसमका कारण लुक्ला जाने एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

प्रतिकुल मौसमका कारण लुक्ला जाने एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

मन्थली (रामेछाप),२९ असोज । सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकुल भएपछि रोकिएका हुन् । रोकिएका पर्यटकहरु कोही सडकबाट सोलुखुम्बु सदरमुकाम फाप्लुतर्फ लागेका छन् भने कोही हेलिकप्टरमार्फत सुर्के जान थालेका छन् । नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहका अनुसार समिट, तारा र सीता एअरलाइन्समार्फत लुक्ला जाने तयारीमा रहेका विदेशी पर्यटक रोकिएका हुन् । मन्थलीबाट पर्यटकीय याममा दैनिक ५५ देखि ६० उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका सूचना अधिकारी प्रज्वल…
Read More
चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस सङ्क्रमण

चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस सङ्क्रमण

चितवन,२९ असोज । यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये एक सय ९६ जना चितवनका र एक सय ९० जना जिल्लाभन्दा बाहिरका रहेका जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये सो अवधिमा एक जनाको मृत्यु भएको उहाँले बताउनुभयो । जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा सङ्मित देखिएका छन् । पट्टेलका अनुसार भरतपुर महानगरपालिकामा ९०, रत्ननगरमा ३३, राप्तीमा २०, खैरहनीमा १७, कालिका नगरपालिकामा ११ र माडी नगरपालिकामा सात तथा ईच्छाकामना गाउँपालिकामा १८ जनामा सङ्क्रमण…
Read More
बढ्दै चिसो, दुई सातामा ५ डिग्री घट्यो तापक्रम

बढ्दै चिसो, दुई सातामा ५ डिग्री घट्यो तापक्रम

काठमाडौं, २९ असोज। नेपालमा मनसुन बाहिरिएर अहिले ‘पोस्ट’ मनसुन चलिरहेको छ । पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ ।मनसुन सिजन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम खुल्न थालेको थियो । असोज २७ गते नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागे पनि साँझ र बिहान चिसो महसुस हुन थालेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद्…
Read More
बडादशैँको टीका आज पनि लगाइँदै

बडादशैँको टीका आज पनि लगाइँदै

काठमाडौं,२९ असोज । आश्विन शुक्ल पक्षको त्रयोदशी। बडादशैँको टीका लगाउने क्रम आज पनि जारी छ। आज (मंगलबार) ४० घडी १४ पला त्रयोदशी तिथि छ। बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली, बुढामावली र ससुरालीलगायत नातासम्बन्धका मान्यजनसँग टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ। देशका कतिपय भागमा भने विजयादशमीको दिन मात्र टीका–प्रसाद ग्रहण गर्ने परम्परा छ। प्रसाद लगाएपछि त्यसैदिन विसर्जन गर्ने परम्परा छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम समाप्त…
Read More
मनकामना केबलकार आजदेखि तीन दिन बन्द

मनकामना केबलकार आजदेखि तीन दिन बन्द

काठमाडौं, २९ असोज । मनकामना केबलकार तीन दिनका लागि बन्द भएको छ। मर्मत सम्भारका लागि भन्दै असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गरिएको हो। केबलकारका तार फेर्ने र लठ्ठा छोट्याउने लगायतका कामका लागि तीन दिन सेवा बन्द गरेको मनकामना दर्शन प्रालिले जनाएको छ। केबलकार मर्मत सम्भारका लागि अष्ट्रियाबाट प्राविधिक झिकाएको बताइएको छ। कात्तिक २ गतेदेखि सेवा पुनः सञ्चालन गर्ने प्रालिले बताएको छ। यसअघि बडादशैँको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो। द्वादशीमा भने चलाइएको थियो ।
Read More