Latest News

खैरहनीमा होटल अनुगमन ,तीन वटा होटललाई कारबाही

d661d945-b38f-49ed-9465-a3ba996561d3

असोज १५ गते । खैरहनी नगरपालिकाले मंगलबार नगर भित्रका होटलहरुको अनुगमन गरेको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग हेटौंडाको प्राबिधिक सहयोगमा नगरपालिकाले वडा नम्बर ६ र ८ मा रहेका होटलहरुको अनुगमन गरेको हो ।

नगर उपप्रमुख एवं अनुगमन समितिका संयोजक कविता उप्रेतीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद सापकोटा ,बिभागका कर्मचारी , उद्योग बाणिज्य संघ खैरहनिका वरिष्ठ उपाध्यक्ष अर्जुन लम्साल , चितवन उद्योग संघ खैरहनी ईकाइ अध्यक्ष युवराज पाठक,नेपाल प्रहरी ,नगर प्रहरी ,पत्रकारहरुको उपस्थितिमा अनुगमन गरिएको थियो । ८ वटा होटल अनुगमन गरिएकोमा तीन वटा होटललाई कारबाही गरिएको छ । नगरपालिकाका प्रशासकीय अधिकृत नविनराज रुवालिका अनुसार सरसफाइ र गुणस्तरमा लापरबाही गरेका चौतारी भान्सा घर,ओम गणेश मिष्ठान्न भण्डार र पर्सा जम्काभेट रेस्टुरेन्टलाई कारबाही गरिएको हो ।

उनिहरुलाई नगरपालिकामा उपस्थित हुन पत्राचार गरिने र जरिवाना समेत गरिने प्रशासकीय अधिकृत रुवालिले जानकारी दिए । खैरहनी नगरपालिका उपप्रमुख उप्रेतीले यस अघि पनि अनुगमन गर्दा सरसफाइ र गुणस्तरमा ध्यान नदिएको पाईएकोमा सुझाव दिदा समेत अटेर गरेपछी कारबाही स्वरुप जरिवाना गर्न लागेको बताइन् । उनिहरुलाई नियमानुसार कारबाही गरिने उप्रेतीले जानकारी दिइन् ।

स्वास्थ्य जस्तो संबेदनसिल कुरामा उनिहरुले लापरबाही गरे,दिइएको सुझाव समेत मानेनन् ,उपप्रमुख उप्रेतीले भनिन् – सरसफाइ र गुणस्तर कायम नगरेपछि नियमानुसार जरिवाना गरिनेछ । उप्रेतीका अनुसार ओम गणेश मिष्ठान्न भण्डार र पर्सा जम्काभेटमा सरसफाइ कमजोर देखिएको र चौतारी भान्सा घरको आवश्यक कागजपत्र नभेटिएको तथा सरसफाइ पनि कम्जोर देखिएको छ । अनुगमन समिति संयोजक एवं उपप्रमुख उप्रेतीले होटल पछि क्रमिक रुपमा मासु पसल,किराना पसलहरुको पनि अनुगमन गरिने जानकारी दिइन् ।