Day: १७ आश्विन २०८१, बिहीबार १७:२३

शान्तिचोकमा दुर्गा पुजा : १०४ बर्षीय बृद्ध सम्मानित

शान्तिचोकमा दुर्गा पुजा : १०४ बर्षीय बृद्ध सम्मानित

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ३ शान्तिचोकमा वडा दसैंको अबसरमा सामुहिक दुर्गा पुजा समारोह सूरु भएको छ । शान्तिज्योति युवा समाजको आयोजना गरेको पुजा समारोहको रत्ननगरका मेयर प्रदाल सापकोटाले उद्घाटन गरेका थिए । सोही अबसरमा धर्मसंस्कृति जोगाउन योगदान गरेका १०४ बर्षीय जितन महतो र ८० बर्षीय फडिन्द्रराज न्यौपानेलाई सम्मान गरिएको समाजका अध्यक्ष अशोक भूषालले जानकारी दिए । महतो र न्यौपानेलाई सम्मान पत्र, दोसल्ला र नगद सहित सम्मान गरिएको थियो । वडा नं ३ का वडाध्यक्ष सोहेन्द्र राज खरेलको अध्यक्षतामा भएको कार्यक्रममा सो वडाका संस्थापक अध्यक्ष कमल शर्मा भूषालले वडा दसैंको महिमा र दुर्गा पुजाको धार्मिक महत्वका बारेमा प्रकास पारेका…
Read More
नेपालीको महान् पर्व बडादसैँ सुरुः आज घटस्थापना

नेपालीको महान् पर्व बडादसैँ सुरुः आज घटस्थापना

काठमाडौँ, १७ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गादेवीको…
Read More
नवलपुरमा सार्वजनिक बसमा सादा पोशाकका प्रहरीले निगरानी गर्ने

नवलपुरमा सार्वजनिक बसमा सादा पोशाकका प्रहरीले निगरानी गर्ने

नवलपुर । दशै तिहार छट जस्ता चाडपर्व लक्षित गरी यात्रा गर्ने यात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै नवलपुर प्रहरीले यात्रुवाहक बसमै सादा पोशाकमा प्रहरी खटाउने भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले सवारी साधनमा हुन सक्ने लुटपाट, चोरीका साथै यात्रुहरु माथि हुन सक्ने दुव्र्यवहार र मनपरी भाडा असुली रोक्न प्रहरीले यात्रुवाहक वसमा एक जना महिला र एक जना पुरुष गरी २ जना प्रहरी सादा पोशाकमा खटाउने भएको बताए । उनले यसका लागि कम्तिमा १० जना प्रहरी छुट्याइएको र उनीहरुले नियमित सादा पोशाकमा बस भित्रै यात्रु बनेर बसेर गस्ती गर्ने बताए । नवलपुरको दाउन्नेदेखि गैडाकोटसम्म शंकास्पद लागेको बस वा…
Read More
खैरहनीमा होटल अनुगमन ,तीन वटा होटललाई कारबाही

खैरहनीमा होटल अनुगमन ,तीन वटा होटललाई कारबाही

असोज १५ गते । खैरहनी नगरपालिकाले मंगलबार नगर भित्रका होटलहरुको अनुगमन गरेको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग हेटौंडाको प्राबिधिक सहयोगमा नगरपालिकाले वडा नम्बर ६ र ८ मा रहेका होटलहरुको अनुगमन गरेको हो । नगर उपप्रमुख एवं अनुगमन समितिका संयोजक कविता उप्रेतीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद सापकोटा ,बिभागका कर्मचारी , उद्योग बाणिज्य संघ खैरहनिका वरिष्ठ उपाध्यक्ष अर्जुन लम्साल , चितवन उद्योग संघ खैरहनी ईकाइ अध्यक्ष युवराज पाठक,नेपाल प्रहरी ,नगर प्रहरी ,पत्रकारहरुको उपस्थितिमा अनुगमन गरिएको थियो । ८ वटा होटल अनुगमन गरिएकोमा तीन वटा होटललाई कारबाही गरिएको छ । नगरपालिकाका प्रशासकीय अधिकृत नविनराज रुवालिका अनुसार सरसफाइ र…
Read More