झुवानीमा जितियाकाे राैनक : संस्कृति जाेगाएका छ जना सम्मानित

459585499_1062810635284532_6190229512223313797_n

रत्नगगर । थारु महिलाहरुकाे पर्व जितियाकाे अबसरमा झुवानीका छ जना थारु समुदायका ज्येष्ठ नागरिकलाई सम्मान गरिएकाे छ । रत्ननगर वडा नं ५ झुवानी सम्पूर्ण गाउँ समुदायकाे नाममा गरिएकाे एक औ पचारिक कार्यक्रममा थारु संस्कृति संरक्षणमा याेगदान गरेका छ जनालाई सम्मान गरिएकाे स्थानीय मनुवा महताेले जानकारी दिए ।

स्थानीय ७५ बर्षीय टुहुरा महताे, ८७ बर्षीय हठु महताे, ७० बर्षीय हरिराम महताे, ७० बर्षीय पाकुराम महताे, ८७ बर्षीय सुखल महताे र ७२ बर्षीय पाहुन महताेलाई सम्मान गरिएकाे हाे । जितियाकाे अन्तिम दिन झुवानीचाेकमा विशेष कार्यक्रम आयाेजना गरिएकाे हाे । कार्यक्रममा थारु महिलाहरुले संस्कृतिक पाेसाकमा झाम्टा पारेकाे कार्यक्रम संयाेजक रिस्मा चाैधरीले जानकारी दिइन । परम्परागत पाेसाकमा सजिएका महिलाहरुले गाउँकाे चाेककाे सडकमै झाम्टा नृत्य प्रस्तुत गरेकाे उनले जानकारी दिईन । जितीया थारू संस्कृतिसंग जाेडिएकाे पर्व हाे ।

तीन दिन सम्म मनाईने याे पर्वमा थारू महिलाहरु निराधार व्रत बसेर परिवारकाे लामाे आयुकाे कामना गर्ने गरेका छन् । पानी पनि नखाई व्रत बसेका महिलाहरुलु जितबहानकाे पुजा गर्छन । मंगलबारबाट सुरु भएकाे जितिया विहीबार सकिएकाे छ । पहिलाे दिन दर खाने, दाेस्राे दिन व्रत बस्ने र तेस्राे दिन गाउँघरमा रमाइलाे गरेर जितिया मनाउदै आएकाे कार्यक्रम संयाेजक चाैधरीले बताइन् ।

ताजा समाचारहरुः

झुवानीमा जितियाकाे राैनक : संस्कृति जाेगाएका छ जना सम्मानित

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

झुवानीमा जितियाकाे राैनक : संस्कृति जाेगाएका छ जना सम्मानित

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

झुवानीमा जितियाकाे राैनक : संस्कृति जाेगाएका छ जना सम्मानित

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

झुवानीमा जितियाकाे राैनक : संस्कृति जाेगाएका छ जना सम्मानित

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

झुवानीमा जितियाकाे राैनक : संस्कृति जाेगाएका छ जना सम्मानित

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

झुवानीमा जितियाकाे राैनक : संस्कृति जाेगाएका छ जना सम्मानित

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

झुवानीमा जितियाकाे राैनक : संस्कृति जाेगाएका छ जना सम्मानित

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी