Day: १० आश्विन २०८१, बिहीबार १९:४४

झुवानीमा जितियाकाे राैनक : संस्कृति जाेगाएका छ जना सम्मानित

झुवानीमा जितियाकाे राैनक : संस्कृति जाेगाएका छ जना सम्मानित

रत्नगगर । थारु महिलाहरुकाे पर्व जितियाकाे अबसरमा झुवानीका छ जना थारु समुदायका ज्येष्ठ नागरिकलाई सम्मान गरिएकाे छ । रत्ननगर वडा नं ५ झुवानी सम्पूर्ण गाउँ समुदायकाे नाममा गरिएकाे एक औ पचारिक कार्यक्रममा थारु संस्कृति संरक्षणमा याेगदान गरेका छ जनालाई सम्मान गरिएकाे स्थानीय मनुवा महताेले जानकारी दिए । स्थानीय ७५ बर्षीय टुहुरा महताे, ८७ बर्षीय हठु महताे, ७० बर्षीय हरिराम महताे, ७० बर्षीय पाकुराम महताे, ८७ बर्षीय सुखल महताे र ७२ बर्षीय पाहुन महताेलाई सम्मान गरिएकाे हाे । जितियाकाे अन्तिम दिन झुवानीचाेकमा विशेष कार्यक्रम आयाेजना गरिएकाे हाे । कार्यक्रममा थारु महिलाहरुले संस्कृतिक पाेसाकमा झाम्टा पारेकाे कार्यक्रम संयाेजक रिस्मा चाैधरीले जानकारी दिइन…
Read More
कोशीमा खसेको बसबाट १२ जनाको सकुशल उद्धार, दुई जना बेपत्ता

कोशीमा खसेको बसबाट १२ जनाको सकुशल उद्धार, दुई जना बेपत्ता

चितवन, असोज १0। सप्तकोशीमा खसेको बसबाट १२ जनाको सकुशल उद्दार गरिएको छ। विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस साँझ ६ बजेतिर सप्तकोशीमा खसेको थियो। सप्तकोशीको ३५ नम्बर ढोकाबाट पानीमा खसेको बसबाट १२ जनालाई सकुशल बाहिर निकालिएको सुनसरी प्रहरीका डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए। बसमा सवार थप दुई जनाको अवस्था भने अज्ञात रहेको र उनीहरुको खोजी भइरहेको भण्डारीको भनाइ छ।
Read More
सुस्तावासीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट

सुस्तावासीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट

काठमाडौँ,१० असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवलपरासीको ९बर्दघाट सुस्ता पश्चिम० क्षेत्रका करिब तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गर्नुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रमा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुल तथा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति शुभारम्भ कार्यक्रममा ऊर्जामन्त्री खड्काले विद्युत् जडान भएका सुस्ता पश्चिमका करिब तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गर्नुभएको हो । नेपाल विद्युत् प्राधिकरणबाट विस्तारित राष्ट्रिय प्रसारण प्रणाली र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा निर्मित सौर्य मिनीग्रिड प्रणालीलाई आबद्धगरी एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट…
Read More
उच्च जोखिम क्षेत्रमा असोज ११ र १२ गते रात्रिकालीन गाडी नचलाइने, हाइ अलर्टमा रहन सूचना जारी

उच्च जोखिम क्षेत्रमा असोज ११ र १२ गते रात्रिकालीन गाडी नचलाइने, हाइ अलर्टमा रहन सूचना जारी

चितवन,१० असोज । आजदेखि मौसम बदली भई भारी वर्षाका हुने र त्यसबाट देशका ५६ जिल्ला उच्च जोखिममा रहेको सूचना जारी भएलगत्तै असोज ११ र १२ गते उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा रात्रीकालीन बस नचलाइने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक विशेष सूचना जारी गर्दै उक्त जानकारी गराएको हो। जल तथा मौसम विज्ञान विभागबाट उच्च जोखिम भनेर तोकिएका ५६ जिल्लामा विपद्का घटना बढ्न सक्ने भएकाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयअनुसार धान नकाट्न, काटिसकेको भए तत्काल थन्क्याउन पनि प्राधिकरणले अनुरोध गरेको छ। त्यस्तै तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न पनि आग्रह…
Read More
‘विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ’

‘विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ’

न्यूयोर्क, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओलीले माउन्ट सिनाइ अस्पताल र एम्प्याथ नेपालद्वारा आयोजित कार्यक्रममा यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको धारणा राखे। उनले विज्ञान र प्रविधिमा व्यापक सुधार आए पनि अल्पविकसित मुलुकले स्वास्थ्य पूर्वाधार क्षेत्रका चुनौती सामना गर्नु परिरहेको बताए। ‘धनी र गरिब मुलुकका बीच स्वास्थ्य सेवा र पूर्वाधारमा असमानता रहेको छ। आर्थिक कठिनाइका कारण गरिब मुलुकका जनताले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन्’, उनले भने,…
Read More
आजदेखि चार दिन आरीघोप्टे वर्षाको सम्भावना, चितवनलगायत ५६ जिल्ला ‘रेड जोन’मा

आजदेखि चार दिन आरीघोप्टे वर्षाको सम्भावना, चितवनलगायत ५६ जिल्ला ‘रेड जोन’मा

काठमाडौं,१० असोज । दसैँ नजिकिँदै गर्दा मनसुन थप सक्रिय बनेकाे छ । आजदेखि देशभरको मौसम बदली भएर असोजमा पनि झरी पर्ने भएको छ । जल तथा मौषम विज्ञान विभागका अनुसार आजदेखि चार दिन लगातार देशभर मौसम बदली हुने छ । विभागले चार दिनसम्म देशभर विभिन्न ठाउँमा हल्कादेखि आरीघोप्टे वर्षासम्म भएर त्यसले ५६ जिल्लामा जनधनको क्षति हुनसक्ने भन्दै सजग गराएको छ । विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण आज दिउँसोदेखि असोज १३ (आइतबार)सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि…
Read More