Day: ४ आश्विन २०८१, शुक्रबार १७:४१

दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगजनी

दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगजनी

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पुर्व पश्चिम राजमार्गमा भैरहवा रुपन्देहीबाट कुरिनटार चितवनको लागी जादै गरेको लु २ ख ५१३७ न. को भुस बोकेको ट्रकमा आज विहान १० बजेतिर बर्दघाट ४ दाउन्ने जंगलमा आगजनी भएको हो । गाडीको ईन्जिन तातिन गई अचानक ट्रकको अगाडीको भागबाट आगो सल्कँदा ट्रकको भुस समेतमा आगजनी भएको हो । आगजनीबाट ट्रक पूर्ण रुपमा क्षति भएको छ । बर्दघाट नगरपालिकाको दमकल, प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भईरहेको…
Read More
वातावरण संरक्षणमा सबै मिलेर लाग्नु पर्नेमा प्रदेशका मुख्यमन्त्री लामाको जोड

वातावरण संरक्षणमा सबै मिलेर लाग्नु पर्नेमा प्रदेशका मुख्यमन्त्री लामाको जोड

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिंह लामाले मानव र वातावरण विच निकै घनिष्ठ सबन्ध रहेकोले बातवरण संरक्षणमा सबै मिलेर लाग्नु पर्ने बताउनु भएको छ । मंगलवार प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा हेटांैंडा उपमहानगरपलिका – ९ स्थित दिव्य बाल उद्यान बेतखोलसमा भएको वृक्षारोपण कार्यक्रमलाइै सम्बोधन गर्दे मुख्यमन्त्री लामाले पछिल्लो समय वन जंगल विनास हुने क्रम दिनप्रति दिन बढ्नाले मानवलाई प्रत्यक्ष असर गरिरहेको बताउदै त्यसको संरक्षणमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भएको हो । उहाँले पछिल्लो समय अव्यवस्थित बसोबास ,जंगलको भू–माग अतिक्रमण,लगाएत कुराहरुले वातावरणलाई प्रत्यक्ष असर गरिरहेको छ भने अर्कोतर्फ त्यसको असर मानवजाती समेत भोगीरहेको बताउनु भयो । यस्तै कार्यक्रममा…
Read More
शिक्षक पाउनै मुश्किल, आठौं पटकको विज्ञापनमा बल्ल पर्‍यो आवेदन

शिक्षक पाउनै मुश्किल, आठौं पटकको विज्ञापनमा बल्ल पर्‍यो आवेदन

काठमाडौं, ४ असोज । अछामको देवीमाडौं माध्यमिक विद्यालयले माध्यमिक तहमा गणित र विज्ञान विषयको शिक्षक पद रिक्त भएपछि नयाँ नियुक्तिका लागि सात पटकसम्म विज्ञापन गर्‍यो, तर आवेदन परेन। गत भदौ १९ गते आठौँपटक विज्ञापन गरेपछि बल्ल योग्यता पुगेका व्यक्तिको आवेदन पर्‍यो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकरबहादुर साउदका अनुसार अझै छनोट कार्य सकिएको छैन। आजको गोरखापत्र दैनिकमा समाचार छ, दार्चुलाको मार्मा गाउँपालिकास्थित लटीनाथ माध्यमिक विद्यालय रस्कोटले पनि कक्षा ६ देखि ८ सम्म पढाउने अङ्ग्रेजी विषयको शिक्षक छनोट गर्न छ पटकसम्म सार्वजनिक विज्ञापन गर्नुपर्‍यो। पटक पटक विज्ञापन गर्दा पनि योग्य उम्मेदवारले आवेदन नदिएका कारण विद्यार्थीको पढाइ नियमित बन्न नसकेको विद्यालयको गुनासो छ। मुगुको छायानाथ रारा…
Read More
प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै

प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै

काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ । प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा…
Read More
आज २०८१ साल असोज ४ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ साल असोज ४ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

चितवन,४ असोज । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तबाट सहयोग नमिल्न सक्छ । शत्रुको जित हुनेछ । परिवारसँग को मनमुटाव बढ्नेछ । यात्राको लागि योग सफल नरहला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । वैदेशिक कार्य पनि सहजै अघि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय बित्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमणीय र सुखद्…
Read More