‘बालबालिकाको व्यक्तित्व विकास गर्न बाल दिवसले प्रेरणा दिन सकोस्’

dipalprasad-devkota

मकवानपुर,२९ भदौ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बालबालिकाको समग्र व्यक्तित्व विकासका लागि राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान गर्न सकोस् भनी कामना गर्नुभएको छ । आज मनाइँदै गरिएको ६०औँ बाल दिवसको अवसरमा उहाँले एक सूचना जारी गर्दै बालबालिकाको उचित पालनपोषण, शिक्षा, समग्र व्यक्तित्व विकास गर्न आवश्यक अवसर र सुविधाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

प्रदेश प्रमुख देवकोटाद्वारा जारी सन्देशमा नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रुपमा सुनिश्चित गरी आवश्यक नीति, कानुन र संस्थागत संरचना निर्माण गरेको उल्लेख गरिएको छ ।

उहाँले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक एवं कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार, गैरसरकारी सङ्घसंस्था, नागरिक समाज, अभिभावक, विद्यालयलगायत अन्य सरोकार भएका निकायबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

राज्यबाट संवैधानिक, नीतिगत, कानुनी र संस्थागत प्रयास हुँदाहुँदै कतिपय बालबालिका अझै पनि बाँच्न पाउने अधिकार, संरक्षण पाउने अधिकार, विकास र सहभागिताको आधारभूत अधिकारबाट वञ्चित रहेका जनाउँदै प्रदेश प्रमुख देवकोटाले बालअधिकारको सम्बन्धमा विद्यमान संवैधानिक र कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने दायित्व रहेको बताउनुभयो ।

बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, बालअधिकारकर्मी, सामाजिक सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्रले निर्वाह गर्दै आएको भूमिकाप्रति प्रदेश प्रमुख देवकोटाले हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । विसं २०६३ देखि नेपालमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो । रासस

ताजा समाचारहरुः

‘बालबालिकाको व्यक्तित्व विकास गर्न बाल दिवसले प्रेरणा दिन सकोस्’

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

‘बालबालिकाको व्यक्तित्व विकास गर्न बाल दिवसले प्रेरणा दिन सकोस्’

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

‘बालबालिकाको व्यक्तित्व विकास गर्न बाल दिवसले प्रेरणा दिन सकोस्’

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

‘बालबालिकाको व्यक्तित्व विकास गर्न बाल दिवसले प्रेरणा दिन सकोस्’

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

‘बालबालिकाको व्यक्तित्व विकास गर्न बाल दिवसले प्रेरणा दिन सकोस्’

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

‘बालबालिकाको व्यक्तित्व विकास गर्न बाल दिवसले प्रेरणा दिन सकोस्’

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

‘बालबालिकाको व्यक्तित्व विकास गर्न बाल दिवसले प्रेरणा दिन सकोस्’

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी