Day: २९ भाद्र २०८१, शनिबार २२:३२

६० औँ राष्ट्रिय बालदिवसमा ग्रीनल्याण्डको सहयोग सिद्धी चेपाङ्ग छात्रावासलाई

६० औँ राष्ट्रिय बालदिवसमा ग्रीनल्याण्डको सहयोग सिद्धी चेपाङ्ग छात्रावासलाई

६० औँ राष्ट्रिय बालदिवसमा ग्रीनल्याण्ड पब्लिक स्कुलले कालिका नगरपालिका १० मा रहेको सिद्धी चेपाङ्ग छात्रावासका रहेको ६५ जना बालबालिकालाई स्टेसनरी , हेल्थकिट र खाद्यन्न सामान प्रदान गरि सहयोग गरेको छ । ग्रीनल्याण्ड पब्लिक स्कुलका प्रधानाध्यापक इन्दिरा पन्त कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि ग्रीनल्याण्ड पब्लिक स्कुलका सह प्राचार्य उपेन्द्र आचार्य ,अतिथिमा  सिद्धि चेपाङ छात्रावासका संचालक भरत चेपाङ्ग , सामाजिक अभियान्ता ज्ञानेन्द्र राज पाण्डे ,ग्रीनल्याण्ड इको क्लबका संयोजक मनोज खड्का,शिक्षक कृष्ण कार्की,तह प्रमुख सुनिता रेग्मी,शिक्षक दिलिप चालिसे सहित स्कुलका २५ जना बालबालिकाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रधानाध्यापक इन्दिरा पन्त कार्कीले सिद्धी चेपाङ छात्राबासका संचालक भरत चेपाङ्गले पढ्न नपाएका चेपाङ्गका…
Read More
नवदुर्गा आमा समुहकाे अध्यक्षमा चन्द्रिका महत केसी चयन

नवदुर्गा आमा समुहकाे अध्यक्षमा चन्द्रिका महत केसी चयन

रत्ननगर । रत्ननगर वडा नं १ स्थित नव दुर्गा आमा समुहकाे अध्यक्षमा चन्द्रिका महत केसी चयन भएकी छन् । शनिवार सम्पन्न साे समुहकाे दशै बार्षिक साधारण सभा तथा चाैथाे अधिवेशनले केसीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे । ११ सदस्यीय कार्यसमितिकाे  उपाध्यक्षमा शन्ताेषी राई चाैधरी, सचिवमा शान्ति रेग्मी, सहसचिवमा सरस्वती शर्मा पाैडेल र काेषाध्यक्षमा धनु ढकाल चयन भएका छन् । समुहकाे सदस्यहरुमा अन्जु पाैडेल, मन्जु पाण्डे, टीका शर्मा , राेमीयाे काेइराला, शिला रिजाल, रामकुमारी चाैधरी चयन भएका छन् । वडा नम्बर १ का वडाध्यक्ष कुलप्रसाद सापकाेटाकाे प्रमुख आतिथ्यता तथा निवर्तमान अध्यक्ष संगिता खनालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रगति तथा आर्थिक प्रतिवेदन…
Read More
सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव

सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव

किमाथाङ्का (सङ्खुवासभा), २९ भदौ । जिल्ला अस्पताल सङ्खुवासभामा स्क्रब टाइफसको परीक्षण गर्ने कीटको अभाव भएको छ । अस्पतालमा एक सातादेखि स्क्रब टाइफस परीक्षण गर्ने किटको अभाव भएपछि बिरामी उपचारबाट वञ्चित भएका छन् । जिल्ला अस्पतालमा यही भदौ २१ गतेदेखि स्क्रब टाइफसको परीक्षण गर्ने कीट सकिएको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा गत वैशाख यता स्क्रब टाइफसका तीन सय ३२ र डेङ्गी सङ्क्रमित एक सय एक बिरामी भेटिएका छन् । अस्पतालमा किट नहुँदा उपचारका लागि आउने बिरामीले स्क्रब टाइफसको परीक्षण गर्न महँगो मूल्य तिरेर निजी अस्पताल र क्लीनिक जानुपर्ने बाध्यता भएको खत्रीले बताउनुभयो । जिल्ला अस्पतालमा…
Read More
यागी आँधीपछि म्यानमारमा बाढी: ३३ जनाको ज्यान गयो

यागी आँधीपछि म्यानमारमा बाढी: ३३ जनाको ज्यान गयो

काठमाडौँ,२९ भदौ ।  टाइफुन यागी आँधीपछि म्यानमारमा ठूलो बाढी आएको छ । बाढीमा परी कम्तीमा ३३ जनाले ज्यान गुमाएका छन् । दुई लाख तीस हजार भन्दा धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएका त्यहाँका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । म्यानमारको सैन्य सरकारले प्रभाव कम गर्न विदेशी सहायताको लागि अनुरोध गरेको छ । राजधानी नेपिडाव सबैभन्दा बढी प्रभावित क्षेत्रमा परेको छ । घरबारविहीन भएका पीडितका लागि केही अस्थायी राहत शिविर स्थापना गरिएको छ । यस वर्षको एशियाकै सबैभन्दा शक्तिशाली आँधी यागीले भियतनाम, चीनको हाइनान टापु र फिलिपिन्समा प्रभाव पारेको छ । तर भियतनाममा यसको प्रभाव कम हुन थालेको छ…
Read More
‘बालबालिकाको व्यक्तित्व विकास गर्न बाल दिवसले प्रेरणा दिन सकोस्’

‘बालबालिकाको व्यक्तित्व विकास गर्न बाल दिवसले प्रेरणा दिन सकोस्’

मकवानपुर,२९ भदौ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बालबालिकाको समग्र व्यक्तित्व विकासका लागि राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान गर्न सकोस् भनी कामना गर्नुभएको छ । आज मनाइँदै गरिएको ६०औँ बाल दिवसको अवसरमा उहाँले एक सूचना जारी गर्दै बालबालिकाको उचित पालनपोषण, शिक्षा, समग्र व्यक्तित्व विकास गर्न आवश्यक अवसर र सुविधाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । प्रदेश प्रमुख देवकोटाद्वारा जारी सन्देशमा नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रुपमा सुनिश्चित गरी आवश्यक नीति, कानुन र संस्थागत संरचना निर्माण गरेको उल्लेख गरिएको छ । उहाँले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक एवं कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार, गैरसरकारी सङ्घसंस्था, नागरिक समाज, अभिभावक,…
Read More
चितवन निकुञ्जभित्रको सडक रेखांकन संशोधन गर्ने प्रस्ताव स्वीकृत

चितवन निकुञ्जभित्रको सडक रेखांकन संशोधन गर्ने प्रस्ताव स्वीकृत

चितवन,२९ भदौ । हुलाकी राजमार्गको चितवन खण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्र राजमार्गको हालको रेखांकन संशोधन गर्न मन्त्रीपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएको छ । भदौ २७ गते बसेको मन्त्रीपरिषद् बैठकले भरतपुर–माडी–ठोरी सडकखण्डमा पर्ने निकुञ्जभित्रको बाटोको रेखांकन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो । पूर्व वनमन्त्री एवम् चितवन क्षेत्र नं ३ का सांसद विक्रम पाण्डेको निरन्तर पहलपछि भरतपुर–माडी–ठोरी सडकको रेखांकन संशाधेन प्रस्ताव सरकारले स्वीकृत गरेको पाण्डेको स्वकिय सचिव राजु भण्डारीले बताए । उनका अनुसार यसअघि दुई पटक पेश गरेको प्रस्ताव मन्त्रीपरिषद्ले फिर्ता पठाएको थियो । तेस्रो पटकमा स्वीकृत भएको उनले जानकारी दिए । मन्त्रीपरिषद्ले स्वीकृति दिएसँगै हाल सञ्चालनमा रहेको माडी नगरपालिका–९ बगईदेखि…
Read More
रक्सी खाएर झगडा, दाजुले गरे भाइको हत्या

रक्सी खाएर झगडा, दाजुले गरे भाइको हत्या

काठमाडौं,२९ भदौ । झापाको शिवसताक्षी नगरपालिका–८ मा दाजुले भाइको हत्या गरेका छन्। शितलचोक निवासी नारायण सिटौलाले बिहीबार राति भाइ रामप्रसाद सिटौलाको हत्या गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ खाएर झगडा गर्ने क्रममा नारायणले दाउराले हानेर भाई रामप्रसादको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। नारायणलाई पक्राउ गरी अनुसन्धान गरिरहेको उनले बताए।
Read More
तरकारी खेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

तरकारी खेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

दोधारा चाँदनी (कञ्चनपुर),२९ भदौ । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गर्नुभएको छ बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले । तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गर्नुभएका उहाँले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल हुनुभएको छ । उहाँले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाइरहनुभएको छ । छोरी रविना चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहनुभएको छ । हामीले तरकारीखेतीबाट आम्दानी गरेरै छोराछोरीको पढाइ खर्च जुटाएका छौँ,” उर्मिलाले भन्नुभयो, “तरकारीखेती गर्न थालेको २०५२ सालदेखि हो ।” २०५२ सालमा एक कट्ठा जग्गामा तरकारीखेती गर्नुभएका उहाँले तरकारीखेतीकै आम्दानीले दुई वर्षपछि…
Read More
एनपीएलका मार्की खेलाडीको फ्रेन्चाईजी छनौट आज

एनपीएलका मार्की खेलाडीको फ्रेन्चाईजी छनौट आज

काठमाडौं, २९ भदाै। नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल)का आठ मार्की खेलाडीको लक्की ड्र आज हुदै छ । शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण केसी, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल मल्ललाई एनपीएलको मार्की खेलाडी घोषणा गरेको थियो । एनपीएलमा सहभागी आठ फ्रेन्चाईजी पोखरा, काठमाडौँ, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णालीले आठ मार्की खेलाडीलाई लक्की ड्रबाट आफ्नो टिममा सामेल गराउने क्यानले जनाएको छ । क्यानले आज अपराहन्न १ बजे लक्की ड्र कार्यक्रम मार्फत मार्की खेलाडी कुन फ्रेन्चाइजीबाट खेल्छन् भन्ने टुंगो लगाउने जनाएको छ । मार्की खेलाडी…
Read More
चितवनमा अनुचित लेनदेन: सात कठ्ठा जग्गा फिर्ता गर्न सहमति

चितवनमा अनुचित लेनदेन: सात कठ्ठा जग्गा फिर्ता गर्न सहमति

चितवन,२९ भदौ । चितवनमा अनुचित लेनदेन गरी लिइएको सात कठ्ठा जग्गा फिर्ता गर्ने सहमति भएको छ । अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगमा परेको उजुरीका आधारमा खैरहनी नगरपालिकाका अनुचित लेनदेनका पीडितलाई जग्गा फिर्ता गराउने सहमति भएको जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा गोपिचन्द्र दवाडीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पीडितले एक महिनाभित्र रु दुई करोड ४० लाख तिर्ने र पीडकले जग्गा फिर्ता गर्ने गरी सहमति जुटाएर पठाएका छौँ ।” पीडकले पीडितसँग विसं २०७९ भदौमा जग्गा लिएका थिए । कार्यालयमा पछिल्लो पटक विसं २०८१ जेठ ११ गतेदेखि साउन ४ गतेसम्म ७० वटा अनुचित लेनदेनसम्बन्धी निवेदन दर्ता भएका थिए । जसमध्ये पाँच वटाको फछ्र्यौट…
Read More