चितवन निकुञ्जभित्रको सडक रेखांकन संशोधन गर्ने प्रस्ताव स्वीकृत

chitwan-national-park-rastriya-nikunja

चितवन,२९ भदौ । हुलाकी राजमार्गको चितवन खण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्र राजमार्गको हालको रेखांकन संशोधन गर्न मन्त्रीपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएको छ । भदौ २७ गते बसेको मन्त्रीपरिषद् बैठकले भरतपुर–माडी–ठोरी सडकखण्डमा पर्ने निकुञ्जभित्रको बाटोको रेखांकन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।

पूर्व वनमन्त्री एवम् चितवन क्षेत्र नं ३ का सांसद विक्रम पाण्डेको निरन्तर पहलपछि भरतपुर–माडी–ठोरी सडकको रेखांकन संशाधेन प्रस्ताव सरकारले स्वीकृत गरेको पाण्डेको स्वकिय सचिव राजु भण्डारीले बताए । उनका अनुसार यसअघि दुई पटक पेश गरेको प्रस्ताव मन्त्रीपरिषद्ले फिर्ता पठाएको थियो । तेस्रो पटकमा स्वीकृत भएको उनले जानकारी दिए ।

मन्त्रीपरिषद्ले स्वीकृति दिएसँगै हाल सञ्चालनमा रहेको माडी नगरपालिका–९ बगईदेखि अमुवा हुँदै ठोरी सडक (१५.३ किमी)को विकल्पमा निकुन्जको मध्यवर्ती क्षेत्र भएर जाने बगईदेखि कुसुम खोला हुँदै ठोरी (करिब १६.५ किमी) र रिउ–राप्ती खण्डमा कसरा पुलदेखि ध्रुवघाट देउराली बनकट्टासम्म (१०.३ किमी)को विकल्पमा रिउ खोला (बनकट्टा)देखि ध्रुवघाटहुँदै राप्ती नदीमा नयाँ पुल निर्माण गरी जगतपुर जोड्ने सडक (करिब ७.३ किमी) खण्डको वैकल्पिक सडक निर्माण गर्न बाटो खुलेको छ ।

वन तथा वातावरण मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाको प्रतिवेदनअनुसार वैकल्पिक सडकको सम्भाव्यता अध्ययन हुँदा निकुञ्जको उक्त क्षेत्रको जैविक विविधतामा कम नकारात्मक प्रभाव पर्ने देखिन्छ । हालको सडक रेखांकन संशोधन हुँदा सरकारलाई भविष्यमा थप आर्थिक व्ययभार नपर्ने सडक विभागले बताएको छ ।

ताजा समाचारहरुः

चितवन निकुञ्जभित्रको सडक रेखांकन संशोधन गर्ने प्रस्ताव स्वीकृत

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

चितवन निकुञ्जभित्रको सडक रेखांकन संशोधन गर्ने प्रस्ताव स्वीकृत

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

चितवन निकुञ्जभित्रको सडक रेखांकन संशोधन गर्ने प्रस्ताव स्वीकृत

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

चितवन निकुञ्जभित्रको सडक रेखांकन संशोधन गर्ने प्रस्ताव स्वीकृत

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

चितवन निकुञ्जभित्रको सडक रेखांकन संशोधन गर्ने प्रस्ताव स्वीकृत

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

चितवन निकुञ्जभित्रको सडक रेखांकन संशोधन गर्ने प्रस्ताव स्वीकृत

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन निकुञ्जभित्रको सडक रेखांकन संशोधन गर्ने प्रस्ताव स्वीकृत

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी