सुशासनमा उत्कृष्ट रत्ननगरका मेयर सापकोटा सम्मानित

7888dbaa-a2fb-491f-823a-4ff8f6391871

रत्ननगर। स्थानीय सरकारको संस्थागतक्षमता स्वमुल्याङ्कनमा उत्कृष्ट बनाउन नेतृत्व गरेका रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा सम्मानित भएका छन् ।

नेपालीकाँग्रेस स्थानीयतह समन्वय समितिले मेयर सापकोटाको नेतृत्वको उच्चकदर गर्दै सम्मान गरेको हो । पार्टी केन्द्रीयकार्यालय सानेपामा आयोजित विशेष कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले सम्मान गरेका हुन् । काँग्रेसबाट निर्वाचित भएका सापकोटाले देशभरमै उत्कृष्ट काम गरेको मुल्याङकन गरेर सम्मान गरिएको काँग्रेसका केन्द्रीय सदस्य एवं स्थानीय तह समन्वय विभागका संयोजक मधु आचार्यले बताए ।

बिहीबार कांग्रेस मुख्यालय सानेपामा कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाउँरनगरपालिकालाई सम्मान गरेको हो । स्थानीय सरकरको नेतृत्वमा पुगेर पार्टीको गौरव बढाएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाले सापकोटाको प्रसंसा गरेका थिए । त्यस्तै महामन्त्री गगनकुमार थापाले आफ्नो जिम्मेवारीमा सफल भएकोमा बधाई दिँदै थप सशक्तभएर लाग्न आग्रह गरेका थिए । महामन्त्री थापाले उत्कृष्ट काम गर्नेलाई पार्टीले खोजी खोजी जिम्मेवारी दिने बताए ।

नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अभ्यासमा ल्याएको स्थानीय सरकारको संस्थागत क्षमता स्वमुल्याङ्कनमा आर्थिक वर्ष २०७९÷८० गुणस्तर मुल्याङ्कनमा रत्ननगर नगरपालिका देशभरका स्थानीयतह मध्ये तेस्रो भएको थियो । सोही कारण पार्टीको केन्द्रीयतहको विभागले कार्यक्रम आयोजना गरेर मेयर सापकोटा र नगरपालिकालाई बधाई दिदै सम्मान गरेको हो ।

 

ताजा समाचारहरुः

सुशासनमा उत्कृष्ट रत्ननगरका मेयर सापकोटा सम्मानित

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

सुशासनमा उत्कृष्ट रत्ननगरका मेयर सापकोटा सम्मानित

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सुशासनमा उत्कृष्ट रत्ननगरका मेयर सापकोटा सम्मानित

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

सुशासनमा उत्कृष्ट रत्ननगरका मेयर सापकोटा सम्मानित

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

सुशासनमा उत्कृष्ट रत्ननगरका मेयर सापकोटा सम्मानित

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

सुशासनमा उत्कृष्ट रत्ननगरका मेयर सापकोटा सम्मानित

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

सुशासनमा उत्कृष्ट रत्ननगरका मेयर सापकोटा सम्मानित

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी