Latest News

वाताबरणीय अपराध नियन्त्रणमा समुदायको साथ खोजिदै

457450051_27346578398274314_5222240310493414207_n

रत्ननगर । चितवन सहित पाँच जिल्लामा वन्यजन्तु संरक्षण र वाताबरणीय अपराध नियन्त्रणको लागि समुदायमा आधारित सचेतनामुलक प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । चितवनको एक हजार ५०० सहित पाँचवटा जिल्लामा वन्यजन्तु प्रभावित, मध्यवर्ती क्षेत्रमा समुदायमा आधारित संरक्षणमुलक कार्यक्रम सुरु गरिएको हो ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को आर्थिक सहयोगमा चितवन, नबलपुर, नबलपरासी, बारा र पर्सा जिल्लामा उक्त कार्यक्रम सञ्चालन गर्ने गरी चितवनबाट सुरु गरिएको संरक्षणकर्मी बसन्तरानाले जानकारी दिए । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अन्तर्गतको समुदायमा आधारित चोरी शिकार नियन्त्रण तथा युवा जागरण अभियानका संयोजक राना र संरक्षणकर्मी तथा पत्रकार कोमलचन्द्र भगतको समन्वयमा चितवन सहित पाँच जिल्लामा उक्त कार्यक्रम सञ्चालन गरिने छ । चितवनमा एक हप्ता अघिदेखि सो कार्यक्रम सञ्चालनमा रहेको छ ।

चितवनमा एक महिनामा एक हजार ५०० जनालाई प्रशिक्षण दिएपछि बाहिरी जिल्लामा कार्यक्रम सञ्चालन हुने रानाले बताए । वातावरण संरक्षण, नेपालमा वातावरणीय अपराध तथा तिनको रोकथाममा स्थानीयहरूको भूमिका, वातावरणीय अपराध नियन्त्रण गर्ने मुख्य कानुन, दण्डजरिवानाका विषयमहरुलाई समुदायस्तरमा पु¥याउने र वन्यजन्तु संरक्षण गर्दा हुने फाइदाको विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संरक्षणकर्मी रानाले बताए । चितवनका मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, आमा समुहमा गरिएको कार्यक्रममा ससंरक्षणकर्मी राना सहित बर्षा नेवार, ज्योति पौडेल,राजेन्द्र सिग्देल, प्रजिता ढकाल र प्रदिप कँडेलले विषय विज्ञका रुपमा सहजीकरण गरिरहेका छन् ।

वन्यजन्तु संरक्षणसंगै जल, जमिन, फोहोरमैला व्यवस्थापन सहितलाई प्राथमिकतामा राखेर बाताबरणीय अपराध गर्दा हुने सजायका बारेमा समुदायमा सचेतना फैलाउन कार्यक्रम आयोजना गरिएको संरक्षणकर्मी तथा पत्रकार भगतले जानकारी दिए । निकुञ्ज, नेपाली सेना र समुदायको प्रयासबाट वन्यजन्तु संरक्षण तथा बाताबरणीय अपराध नियन्त्रणको काम अगाडि बढाएको लामो समय भइसक्यो । करिब ३० बर्ष अघि मध्यवर्ती क्षेत्र घोषणा गरेर सामुदायलाई संरक्षणको साझेदार बनाइएको थियो । तर पछिल्लो समय मानब वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा संरक्षणमा चुनौती थपिएको छ ।

चितवन सहित पाँच वटा जिल्लामा संरक्षणको कामलाई पुरानै अबस्थामा फार्काउने र समुदायलाई थप जिम्मेबार बनाउने गरी कार्यक्रम सञ्चालन गरिएको संरक्षणकर्मी भगतले जानकारी दिए । तीन हजार नागरिकलाई वाताबरणीय अपराधका बारेमा सचेत गराउदै उनीहरुलाई संरक्षण जिम्मेबार बनाउने गरी कार्यक्रम सञ्चालन भइरहेको उनको भनाई छ ।