Day: १८ भाद्र २०८१, मंगलवार १६:४५

सकियो सौराहा लेडिज जेसीजको सप्ताह

सकियो सौराहा लेडिज जेसीजको सप्ताह

रत्ननगर । सौराहा लेडिज जेसीजको जेसीज सप्ताह सोमबार सकिएको छ । भदौ १२ गतेबाट सुरु भएको सप्ताह अन्तर्गत समाजकेन्द्रीत विभिन्न कार्यक्रम गरिएको थियो । सप्ताह अन्तर्र्गत झुवानी माविको दृष्टिविहीन इकाइमा रहेका बालबालिकालाई भोजन र दुईवटा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान, सौराहा र राप्ती नदीकिनारमा सरसफाइ, तीज मिलन कार्यक्रम तथा स्लो स्कुटर रेस प्रतियोगिता, मानसिक स्वास्थ्यसम्बन्धी सचेतना र गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरिएको कार्यक्रम संयोजक दीक्षा रिजालले जानकारी दिइन् । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको समापन कार्यक्रममा स्लो स्कुटी रेसमा उत्कृष्ट हुनेलाई पुरस्कार तथा सप्ताह सफल बनाउन सहयोग गर्नेलाई मायाको चिनो प्रदान गरिएको थियो…
Read More
बछौली माविमा पर्यटन क्लव गठन

बछौली माविमा पर्यटन क्लव गठन

रत्ननगर । होटल म्यानेजमेन्टको कक्षा सञ्चालन गरिरहेको बछौली माविमा राष्ट्रिय दीगो पर्यटन क्लव गठन गरिएको छ । विद्यार्थी मार्फत पर्यटन विकासमा योगदान गर्ने उद्देश्यले क्लव गठन गरिएको हो । सो विद्यालयमा कक्षा ११ र १२ तथा होटल म्यानेजमेण्ट डिप्लोमा पहिलो र दोस्रो सेमेष्टरमा अध्यायनरत विद्यार्थीहरुलाई सहभागी गराएका क्लव गठन गरिएको विद्यालयले जनाएको छ । क्लवको संरक्षकमा निमित्त प्रधानाध्यापक आत्मराम शर्मा तथा दीपेन्द्र श्रेष्ठ संयोजक रहेका छन् । प्रकास महतो क्याप्टेन र राजी गुरुङ कोषाध्यक्ष रहेको सो क्लवको सदस्यहरुमा दिपेश प्रसाद पट्टेल, अन्जना चौधरी, सुर्दशन क्षेत्री, जेसीस चौधरी, सोनिया कुमाल, विवस महतो र स्नेहा महतो रहेका छन् । रत्ननगर नगरपालिका वडा…
Read More
वाताबरणीय अपराध नियन्त्रणमा समुदायको साथ खोजिदै

वाताबरणीय अपराध नियन्त्रणमा समुदायको साथ खोजिदै

रत्ननगर । चितवन सहित पाँच जिल्लामा वन्यजन्तु संरक्षण र वाताबरणीय अपराध नियन्त्रणको लागि समुदायमा आधारित सचेतनामुलक प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । चितवनको एक हजार ५०० सहित पाँचवटा जिल्लामा वन्यजन्तु प्रभावित, मध्यवर्ती क्षेत्रमा समुदायमा आधारित संरक्षणमुलक कार्यक्रम सुरु गरिएको हो । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को आर्थिक सहयोगमा चितवन, नबलपुर, नबलपरासी, बारा र पर्सा जिल्लामा उक्त कार्यक्रम सञ्चालन गर्ने गरी चितवनबाट सुरु गरिएको संरक्षणकर्मी बसन्तरानाले जानकारी दिए । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अन्तर्गतको समुदायमा आधारित चोरी शिकार नियन्त्रण तथा युवा जागरण अभियानका संयोजक राना र संरक्षणकर्मी तथा पत्रकार कोमलचन्द्र भगतको समन्वयमा चितवन सहित पाँच जिल्लामा उक्त कार्यक्रम सञ्चालन गरिने छ…
Read More
अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा अवेरनेस इन्टरनेसनल एकेडेमीको उत्कृष्ट प्रस्तुति

अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा अवेरनेस इन्टरनेसनल एकेडेमीको उत्कृष्ट प्रस्तुति

काठमाडौं । काठमाडौँ जिल्ला प्याब्सनद्वारा अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगितामा अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) उत्कृष्ट तेस्रो विद्यालयको रूपमा पुरस्कृत भएको छ । प्याब्सन अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिताको एघारौ संस्करण–२०८१ म एआइएले तृतीय स्थान हासिल गर्दै पुरस्कृत भएको हो । उपत्यकाका उत्कृष्ट ७९ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा एआईएले आफूलाई तृतीय स्थानमा उभ्याउन सफल भएको हो । उपत्याकाबाट ७९ विद्यालयको प्रतियोगितामा उत्कृष्ट तीनमा पर्नु विद्यालय परिवारका लागि गर्वको विषय भएको भन्दै विद्यालयका प्रिन्सिपल बिमल घिमिरेले भन्नुभयो – “प्याब्सन तीजनृत्य प्रतियोगिताको ११ औं संस्करणसम्म आइपुग्दा हाम्रो विद्यालय मात्र त्यस्तो विद्यालय हो, जसले दुईपटक प्रथम र लगभग हरेक वर्ष कुनै न…
Read More