रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाका जनप्रतिनिधिहरुको क्षमता विकासको लागि दुई दिने कार्यशाला सुरु भएको छ । जनप्रतिनिधिलाई जिम्मेवारी बोध बनाउदै स्थानीय सरकार सञ्चालन ऐन र मौजुदा कानूनको विषयमा जानकारी गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो ।
संस्थागत क्षमता विकास तथा सुशासन समितिले आयोजनामा जनप्रतिनिधिहरूका लागि मौजुदा कानून र जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकार तथा स्थानीय तहको क्रस कटिङ्ग ईस्यु सम्बन्धी कार्यशाला आयोजना गरिएको प्रमुख प्रमुख प्रशासकीय अधिकृत सुकदेव अर्यालले जानकारी दिए । कार्यक्रमको मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर सापकोटाले नगरको चौतर्फी विकासको लागि बजेटको उपलब्धतासंगै कर्मचारी र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने भन्दै ऐन कानुनका विषयमा जानकारी गराएर जनप्रतिनिधिलाई सक्षम बनाउन कार्यक्रम आयोजना गरिएको बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय सरकार संस्थागत क्षमता मुल्याङकनमा रत्ननगर देशभरका स्थानीय तहहरु मध्ये तेस्रो र प्रदेशमा दोस्रो स्थान हासिल गरेको भन्दै आगामी दिनमा मुलुकभर पहिलोहुने गरी काम गर्नुपर्ने बताए । अहिले तेस्रो भइयो भनेर चुप लागेर बसियो भने थप सफलता प्राप्त हुँदैन उनले भने कर्मचारी र जनप्रतिनिधिको लगाबले मात्र थप सफलता प्राप्त हुने छ । कार्यक्रममा उपमेयर यादबप्रसाद पाठकले जनप्रतिनिधिमा पदीय दायित्व बोध हुनुपर्ने बताए । केही कुरा जानेपछि मात्र जिम्मेबारी पुरा गर्न सकिने भन्दै उपमेयर पाठकले जनप्रतिनिधिहरु सिक्ने तर्फ उद्दत हुनुपर्नेमा जोड दिए ।
स्थानीय सरकार संस्थागत क्षमता मुल्याङकन उत्कृष्ट भइयो भनेर मख्ख पर्ने नभइ अझ राम्रो गर्ने तर्फ नगरपालिकाको सिंगो टिम केन्द्रित हुनुपर्छ । कार्यशालाको पहिलो दिन नेपाल सरकारका पूर्व अर्थसचिव कृष्णहरि बास्कोटाले स्थानीय तहका जनप्रतिनिधिहरुको काम, कर्तव्य र अधिकार सम्बन्धी स्थानीय सरकार सञ्चालन ऐन र प्रचलित ऐन कानुका बारेमा सहजीकरण गरेका थिए । उनले सकारात्मक सोच, प्रशासन तथा स्थानीय तहमा राजनीति र प्रशासन बीचको सम्बन्ध, जनप्रतिनिधिले पालना गर्नुपर्ने आचारसंहिता र जिम्मेवारी तथा परिर्वतित समय अनुसारको विकासको मोडलको बारेमा समेत जानकारी गराएका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको पहिलो दिनको दोस्रो सत्रमा चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीले चिरन्जिवी शर्मा व्यक्तिगत घटना दर्ता र नागरिकता सिफारिसका बारेमा सहजीकरण गरेका थिए । संस्थागत क्षमता विकास तथा सुशासन समितिका संयोजक कलाधर पौडेलको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।
रत्ननगर नगरपालिकाका मेयर,उपमेर सहित वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुको सहभागिता रहेको सो कार्यक्रम प्रशासन शाखा प्रमुख सविता अर्यालले सञ्चालन गरेकी थिइन् । रत्ननगर नगरपालिकाका मेयर,उपमेर सहित वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुको सहभागिता रहेको सो कार्यक्रम प्रशासन शाखा प्रमुख सविता अर्यालले सञ्चालन गरेकी थिइन् ।