Day: ७ भाद्र २०८१, शुक्रबार १६:२१

रत्ननगरका जनप्रतिनिधिको क्षमता विकासका लागि कार्यशाला सुरु

रत्ननगरका जनप्रतिनिधिको क्षमता विकासका लागि कार्यशाला सुरु

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाका जनप्रतिनिधिहरुको क्षमता विकासको लागि दुई दिने कार्यशाला सुरु भएको छ । जनप्रतिनिधिलाई जिम्मेवारी बोध बनाउदै स्थानीय सरकार सञ्चालन ऐन र मौजुदा कानूनको विषयमा जानकारी गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो । संस्थागत क्षमता विकास तथा सुशासन समितिले आयोजनामा जनप्रतिनिधिहरूका लागि मौजुदा कानून र जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकार तथा स्थानीय तहको क्रस कटिङ्ग ईस्यु सम्बन्धी कार्यशाला आयोजना गरिएको प्रमुख प्रमुख प्रशासकीय अधिकृत सुकदेव अर्यालले जानकारी दिए । कार्यक्रमको मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर सापकोटाले नगरको चौतर्फी विकासको लागि बजेटको उपलब्धतासंगै कर्मचारी र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने भन्दै…
Read More
भारतमा पहिरोमा पुरिएर माडीका तीन युवाको मृत्यु

भारतमा पहिरोमा पुरिएर माडीका तीन युवाको मृत्यु

भरतपुर । भारतको उत्तराखण्डस्थित रूद्रप्रयाग जिल्लामा पहिरोमा पुरिएर चितवनको माडीका तीन जनाको मृत्यु भएको छ। बिहीबार राति साढे १ बजेतिर झरेको पहिरोमा पुरिएर त्यहाँ मजदुरको रूपमा कार्यरत उनिहरुको मृत्यु भएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले पहिरोमा परेर माडी २ सितलपुरका तुलबहादुर दमै, माडी १, भङ्गताका कृष्णबहादुर परियार र माडी ५, छरछरेका अन्दाजी २८ वर्षीय पूर्णबहादुर नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको बताउनुभयो । उनीहरू केही महिनादेखि सडक निर्माणका लागि मजदुरका रूपमा कार्यरत थिए। प्रमुख जिल्ला अधिकारी यादवले गृह मन्त्रालयमार्फत भारतीय दूतावाससँग समन्वय गरेर शव नेपाल ल्याइने जानकारी दिनुभयो ।
Read More
आँबुखैरेनी बस दुर्घटना : १४ जनाको शव निकालियो, १६ घाइते

आँबुखैरेनी बस दुर्घटना : १४ जनाको शव निकालियो, १६ घाइते

तनहुँ,७ भदौ । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ। आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए। उनका अनुसार, पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौँतिर लागेका थिए। उक्त होटलमा थप विवरण बुझ्नका लागि अहिले प्रहरी टोली पुगेको छ। अहिले उद्धार कार्य जारी छ।
Read More
कावासोतीमा प्रहरीको नमूना पेट्रोल पम्प शिलान्यास

कावासोतीमा प्रहरीको नमूना पेट्रोल पम्प शिलान्यास

नवलपरासी । नवलपुरको सदरमुकाम कावासोतीमा नेपाल प्रहरीको नमुना पेट्रोल पम्प बन्ने भएको छ । विद्युतीय गाडीहरुको चार्जिङ्ग स्टेशन सहित पेट्रोल पम्प बन्न लागेको हो । पेट्रोल पम्पको शुक्रबार प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले शिलान्यास गरेका छन् । शिलान्यास पछि बोल्दै राईले पेट्रोलपम्म अत्यावश्यकीय सेवा रहेकोले प्रहरीले यसमा काम गर्न लागेको बताए । उनले प्रहरीले खोल्ने पम्पमा गुणस्तरीय इन्धनका साथै असहज अवस्थामा पनि पेट्रोलियम पदार्थ उपलब्धताको लागि सहज हुने बताए । प्रहरीले यो पम्पलाई देशकै नमूना पम्प भनेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुर कावासोतीको अघिल्तिर प्रहरीले पम्प निर्माण शुरु भएको हो । प्रहरीको नाममा महेन्द्रराजमार्गमा रहेको २२ कठठा जग्गामा यो…
Read More