Latest News

भारतमा पहिरोमा पुरिएर माडीका तीन युवाको मृत्यु

death-body

भरतपुर । भारतको उत्तराखण्डस्थित रूद्रप्रयाग जिल्लामा पहिरोमा पुरिएर चितवनको माडीका तीन जनाको मृत्यु भएको छ।

बिहीबार राति साढे १ बजेतिर झरेको पहिरोमा पुरिएर त्यहाँ मजदुरको रूपमा कार्यरत उनिहरुको मृत्यु भएको हो।

चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले पहिरोमा परेर माडी २ सितलपुरका तुलबहादुर दमै, माडी १, भङ्गताका कृष्णबहादुर परियार र माडी ५, छरछरेका अन्दाजी २८ वर्षीय पूर्णबहादुर नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको बताउनुभयो ।

उनीहरू केही महिनादेखि सडक निर्माणका लागि मजदुरका रूपमा कार्यरत थिए। प्रमुख जिल्ला अधिकारी यादवले गृह मन्त्रालयमार्फत भारतीय दूतावाससँग समन्वय गरेर शव नेपाल ल्याइने जानकारी दिनुभयो ।