रत्ननगर । रत्ननगर ५ स्थित जनकौली मध्यवर्ती सामुदायिक वनमा तोडफोड गरी माइनुट केरमेट गर्नेलाई कारबाही तथा घटनाको छानविन गर्न माग गरिएको छ ।
नेकपा एमाले वडा नं ५ वडा कमिटी र वडा नं ६ वडा कमिटीले विहीबार सयुक्त विज्ञप्ती जारी गरी कार्यालयको ताल फोरी दराजमा रहेको माइनुट केरमेट गर्ने कार्यमितिका सदस्यलाई कारबाहीको माग गरेको हो ।
वडा नं ५ का वडा कमिटी अध्यक्ष विष्णु प्रसाद पौडेल र वडा नं ६ वडा कमिटीका अध्यक्ष रामचन्द्र सापकोटाद्धारा हस्ताक्षरित विज्ञप्तीमा घटनाका विषयलाई लिएर वन समितिका पदाधिकारी तथा अन्य सदस्यहरुलाई अश्लिल शब्दले गाली गलौच गर्ने, ज्यान मार्ने धम्की तथा हातपात गर्ने कार्य भइरहेको भन्दै कार्यालय तोडफोड गर्नेलाई कानुनी दायरामा ल्याउन प्रशासनसंग माग गरिएको छ । गत साउन २९ गते मगरटोलमा रहेको वनको कार्यालयमा तोडफोड गरी माइनुट केरमेट गरिएको थियो ।