Day: ६ भाद्र २०८१, बिहीबार १८:५९

जनकौली वनमा तोडफोड गर्नेलाई कारबाहीको माग

जनकौली वनमा तोडफोड गर्नेलाई कारबाहीको माग

रत्ननगर । रत्ननगर ५ स्थित जनकौली मध्यवर्ती सामुदायिक वनमा तोडफोड गरी माइनुट केरमेट गर्नेलाई कारबाही तथा घटनाको छानविन गर्न माग गरिएको छ । नेकपा एमाले वडा नं ५ वडा कमिटी र वडा नं ६ वडा कमिटीले विहीबार सयुक्त विज्ञप्ती जारी गरी कार्यालयको ताल फोरी दराजमा रहेको माइनुट केरमेट गर्ने कार्यमितिका सदस्यलाई कारबाहीको माग गरेको हो । वडा नं ५  का वडा कमिटी अध्यक्ष विष्णु प्रसाद पौडेल र वडा नं ६ वडा कमिटीका अध्यक्ष रामचन्द्र सापकोटाद्धारा हस्ताक्षरित विज्ञप्तीमा घटनाका विषयलाई लिएर वन समितिका पदाधिकारी तथा अन्य सदस्यहरुलाई अश्लिल शब्दले गाली गलौच गर्ने, ज्यान मार्ने धम्की तथा हातपात गर्ने कार्य भइरहेको भन्दै…
Read More
संस्थागत क्षमता मुल्याङकन : रत्ननगर देशभरमै तेस्रो, प्रदेशमा दोस्रो

संस्थागत क्षमता मुल्याङकन : रत्ननगर देशभरमै तेस्रो, प्रदेशमा दोस्रो

रत्ननगर । चितवनको रत्ननगर नगरपालिका स्थानीय सरकार संस्थागत क्षमता मुल्याङकनमा देशभरमै तेस्रो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९/८० को नतिजा अनुसार रत्ननगर नगरपालिका देशभरका नगरपालिका मध्ये तेस्रो र बागमती प्रदेशमा दोस्रो भएको हो । मन्त्रालयले गरेको मुल्याङकनमा ९१ दशमलब ५० अंक प्राप्त गरी तेस्रो हुँदै रत्ननगर नगरपालिका सम्मानित तथा पुरस्कृत भएको छ । देशभरका नगरपालिका मध्ये संस्थागत क्षमता मुल्याङकनमा धादिङको निलकण्ठ नगरपालिका ९२ दशमलब ५० अंक प्राप्त गरी पहिलो र रुपन्देहीको तिलोतमा नगरपालिका ९२ अंक प्राप्त गरी दोस्रो भएको छ । बागमती प्रदेशमा उल्लेखित अंक प्राप्त गरी धादिङको निलकण्ठ नगरपालिका प्रमथ, रत्ननगर…
Read More
खैरहनी २ मा नयाँ काम : घरमै मृत्यू दर्ताको प्रमाणपत्र

खैरहनी २ मा नयाँ काम : घरमै मृत्यू दर्ताको प्रमाणपत्र

खैरहनी । खैरहनी नगरपालिका वडा नं २ ले एउटा रचनात्मक कामको सुरुवात गरेको छ । सो वडा कार्यालयले वडाबासी कसैको मृत्यू भएमा १३ दिनको दिनमा मृत्यूदर्ताको प्रमाणपत्र घरमै पुगेर हस्तान्तरण गर्ने जस्तो रचनात्मक कामको सुरुवात गरेको हो । दुःखमा परेको परिवारलाई जनप्रतिनिधिको टोली घरमै पुगेर समवेदन प्रकट गर्ने र मृत्यू दर्ताको प्रमाणपत्र समेत हस्तान्तरण गरेर स्थानीय सरकार रहेको अनुभूति दिलाउने गरी नयाँ कार्यक्रम सुरु गरिएको वडाध्यक्ष रोहिणीप्रसाद उप्रेतीले जानकारी दिए । सो वडाले बुधबार स्वर्गीय डम्बिर पुन मगरको घरमै पुगेर मृत्यु दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेको हो । मृत्यू भएका व्यक्तिलाई श्रद्धान्जली दिने र परिवारलाई समबेदना सहित मृत्यू दर्ता घरमै पुगेर…
Read More