Latest News

दाउन्नेमा भासिएको सडकमाथि लेदो खस्दा सडक अवरुद्ध

Messenger_creation_807821741544840

नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको दाउन्नेमा भासिएको सडक माथिबाट लेदो खस्दा अहिले दाउन्नेमा सडक अवरुद्ध भएको छ ।

रातभरि परेको पानीका कारण सडकमा लेदो खसेका कारण विहान ५ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

उनका अनुसार अहिले लेदो पन्छाउने काम भईरहेको छ । पानी रोकिएपछि सडक एकतर्फी सञ्चालनमा आउने छ ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा हिजो विहानदेखि सडक भासिएर एकतर्फी भएको ठाउँ आज लेदो पानी बगेको छ ।

पानी रोकिएपछि भासिएको सडक मर्मत पनि शुरु गरिने र आजसम्ममा दुईतर्फी सञ्चालनमा ल्याउन सक्ने गरी काम गरिने पौडेलले बताए ।