खैरहनी । नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ खैरहनीको प्रथम साधारण सभा तथा अधिबेशन सोमबार सम्पन्न भएको छ ।
अधिबेशनले अर्जुन परियारको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनले संघको उपाध्यक्षमा फिरोज मिया अन्सारी , सचिवमा सोफिला पौडेल , कोषाध्यक्षमा सम्झना भण्डारी , सहसचिवमा सीता मगर , सदस्यहरुमा बेलबहादुर परियार , मीना दराई , प्रमिला मगर , मोहम्मद सदाम हुसेन , रञ्जना बिक र निरुता चौधरी कार्यसमिति चयन गरेको छ ।
प्रथम अधिबेशन उद्घाटन गर्दै प्रमुख अतिथि खैरहनी नगरपालिकाका नगरप्रमुख शशी कुमार खनियाले सिलाइ ब्यवसायिहरु हक हित र अधिकारका लागि संगठित हुनु निकै महत्वपुर्ण बिषय भएको बताउनु भयो । नगर प्रमुख खनियालेले ब्यवसायी को हक हितको बिषयमा आफुले व्यवसायीलाई पर्न सक्ने सबै खालको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
नेपाल कपड़ा तथा सिलाइ ब्यवसायी संघ खैरहनीका अध्यक्ष राजकिशोर महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा खैरहनी नगरपालिकाका नगरप्रमुख शशी कुमार खनिया प्रमुख अतिथि , विशिष्ट अतिथिहरूमा क्रमश खैरहनी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष कमलप्रसाद न्यौपाने , खैरहनी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शंकर कडेल , नेपाल कपडा तथा सिलाई व्यावसायि महासङ्घका उपाध्यक्ष गणेश बराल , उद्योग वाणिज्य सङ्घ खैरहनीका अध्यक्ष कुमार खनाल , नेपाल कपडा तथा सिलाई व्यवसायी महासङ्घका सल्लाहकार लालबहादुर परियार , त्यस्तै अतिथिहरूमा क्रमश नेपाल कपडा तथा सिलाई व्यवसायी संघ चितवनका अध्यक्ष बाबुराम परियार , उद्योग वाणिज्य सङ्घ खैरहनीका वस्तुगत समितिका संयोजक कृष्ण श्रेष्ठ , उद्योग वाणिज्य सङ्घ खैरहनीका सदस्य एवं व्यवसायी सङ्घ खैरहनीका सल्लाहकार प्रेम जोशी , उद्योग संघ इकाइ समिति खैरहनीका अध्यक्ष युवराज पाठक , सप्तरङ्गी फ्यान्सी व्यवसायी सङ्घ खैरहनीका अध्यक्ष लेखबहादुर पुन , नेपाल नाइ संघ खैरहनी नगर समितिका अध्यक्ष मनोज ठाकुर , पूर्व सिलाई सेवा समिति खैरहनीका सचिव प्रेम नेपाली , पूर्व चितवन सिलाई व्यवसाय सङ्घका अध्यक्ष चुडामणि दर्जी , पूर्वी चितवन सिलाई व्यवसाय सङ्घका उपाध्यक्ष समीप मिया अन्सारी , पूर्वी चितवन सिलाई व्यवसाय सङ्घका सचिव हिरालाल श्रेष्ठ रहनुभएको थियो ।
नेपाल कपडा तथा सिलाई व्यवसायिक चितवनका संस्थापक सदस्य खैरहनीका प्रमुख सल्लाहकार गोपाल रिमालले प्रतिवेदन मन्तव्यमा समग्र व्यवसायी क्षेत्रबाट आज फेरि आआफ्नो व्यवसायीलाई आजको युग सुहाउँदो समय सापेक्ष आधुनिककरण प्रबन्धन व्यावसायीकरण विज्ञान र प्रविधियुक्त सबलीकरण हिसाबले आगामी कार्ययोजना सहित अघि बढ्न आग्रह गर्नु हुँदै व्यवसायिक एकता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ प्रथम साधारण तथा अधिवेशनलाई सबै किसिमबाट आर्थिक भौतिक रुपले सहयोग पुर्याउन समेत सबैमा आग्रह गर्नुभएको थियो।
सम्झना भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सन्नु रिजालले सञ्चालन गर्नुभएको थियो।