Day: ३० श्रावण २०८१, बुधबार १०:४७

किराना पसलमा आगलागी हुँदा १५ लाख क्षति

किराना पसलमा आगलागी हुँदा १५ लाख क्षति

चितवन । चितवनको रत्ननगर वडा नं–१६, पिठुवा चोकस्थित एक किराना पसलमा आगलागी हुँदा करिब १५ लाखबराबरको धनमाल क्षति भएको छ । स्थानीय शोभा श्रेष्ठको आफ्नै घरमा आफैँले सञ्चालन गरेको किराना पसलमा बिजुलीको तार सर्ट भई बधबार एकाबिहान अचानक आगलागी भएको थियो । आगलागीको खबर प्राप्त हुना साथ प्रहरी पोस्टको टोली, इलाका प्रहरी कार्यालयको टोली, खैरहनी नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा बिहान ५ः३० बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय क्षति नभएको तर अन्दाजी १४÷१५ लाखबराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ । मंगलबार बेलुका पसल बन्दगरी माथिल्लो तलामा सुत्न गएका श्रेष्ठ परिवारले आगलागी बाट निस्किएको धुवाँ र रापले…
Read More
दाउन्नेमा भासिएको सडकमाथि लेदो खस्दा सडक अवरुद्ध

दाउन्नेमा भासिएको सडकमाथि लेदो खस्दा सडक अवरुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको दाउन्नेमा भासिएको सडक माथिबाट लेदो खस्दा अहिले दाउन्नेमा सडक अवरुद्ध भएको छ । रातभरि परेको पानीका कारण सडकमा लेदो खसेका कारण विहान ५ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । उनका अनुसार अहिले लेदो पन्छाउने काम भईरहेको छ । पानी रोकिएपछि सडक एकतर्फी सञ्चालनमा आउने छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा हिजो विहानदेखि सडक भासिएर एकतर्फी भएको ठाउँ आज लेदो पानी बगेको छ । पानी रोकिएपछि भासिएको सडक मर्मत पनि शुरु गरिने र आजसम्ममा दुईतर्फी सञ्चालनमा ल्याउन सक्ने गरी काम गरिने पौडेलले बताए ।
Read More