Latest News

भरतपुरको मुख्य बजार क्षेत्रमा पार्किङः जग्गा भाडामा दिन चाहनेलाई सम्पर्कमा आउन आग्रह

370329871_245196055223097_4024045646250936306_n

चितवन,२७ भदौ । भरतपुर महानगरपालिकाले सेवा प्रदायक संस्थालाई सेवाग्राहीका सवारी साधनको लागि पार्किङको व्यवस्था आफै मिलाउन आग्रह गरेको छ । महानगरले एक सूचना प्रकाशन गरी सरकारी तथा गैरसरकारी कार्यालय, वित्तिय संस्था, अस्पताल तथा व्यवसायीहरुलाई पार्किङको व्यवस्थापन मिलाउन आह्वान गरेको हो ।

त्यस्तै, मुख्य बजार क्षेत्रमा सशुल्क पार्किङको लागि जग्गा भाडामा दिन चाहनेलाई सम्पर्कमा आउन पनि महानगरले आग्रह गरेको छ । महानगरले आज (बिहीवार) सूचना जारी गरी सशुल्क पार्किङ व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउन इच्छुक व्यक्ति, फर्म वा संघसंस्थालाई ७ दिनभित्र सम्पर्कमा आउन भनेको हो ।

आफुले भाडामा दिन चाहेको जग्गाको स्थान, क्षेत्रफल तोकी जग्गाधनी प्रमाणपुर्जा, तिरो तिरेको रसिद, नेपाली नागरिकताको प्रमाणपत्र र फर्म वा संस्थाको हकमा व्यवसाय दर्ता प्रमाणपत्र (आव २०८१/८२ को नवीकरण हुनुपर्ने) साथमा ल्याउनमा भनिएको छ । साथै पार्किङ शुल्क महानगरले उठाउने वा स्वयम् जग्गावालाले उठाउने हो सोकुरा खुलाई महानगरको यातायात शाखामा सम्पर्क गर्न सूचनामा भनिएको छ ।