माडीका समस्याबारे रास्वपा माडी नगर र्याटले गरायो तीन संघीय मन्त्रीको ध्यानाकर्षण
भरतपुर, भदौ ३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर समिति र रास्वपा चितवन जिल्ला समितिको समन्वयमा माडी नगर ऱ्याट विभागको प्रतिनिधि टोलीले सिंहदरबार पुगेर तीन मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ। टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेर माडीका समस्याहरूको दीर्घकालीन समाधानबारे ध्यानाकर्षण गराएको हो। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माडी नगर ऱ्याट विभागले “सरसफाइबाट सुरुवात, संवादबाट समाधान” भन्ने मूल नाराका साथ आयोजना गरेको बृहत् सरसफाइ, युवा संवाद तथा समस्या सङ्कलन कार्यक्रमबाट उठेका जल्दाबल्दा विषयहरू लिएर टोली मन्त्रालय पुगेको थियो। टोलीमा माडी नगर ऱ्याट विभागको प्रतिनिधित्व गर्दै सचिव आर्यन…