चितवनमा एक किशोरमाथि चक्कु प्रहार गरी फरार भएका अभियुक्त दुई महिनापछि पक्राउ

चितवनमा एक किशोरमाथि चक्कु प्रहार गरी फरार भएका अभियुक्त दुई महिनापछि पक्राउ

चितवनमा एक किशोरमाथि चक्कु प्रहार गरी फरार भएका अभियुक्त दुई महिनापछि पक्राउ

भरतपुर, भदौ ४- भरतपुर–१२ नौरङ्गेस्थित गुरुङ टोल बस्ने १६ वर्षीय रिदम पराजुलीलाई चक्कु प्रहार गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले घटना भएको दुई महिनापछि फरार अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भरतपुर–२२ पटिहानी बस्ने १९ वर्षीय विश्वास गुरुङ रहेका छन् । पराजुलीमाथि गुरुङसहित पाँच जनाको समूहले गएको जेठ ३१ गते चक्कु प्रहार गरेको थियो । चक्कु प्रहार गर्ने मुख्य व्यक्ति गुरुङ नै थिए । अन्य चार जना अभियुक्त त्यतिबेलै पक्राउ परेका थिए । सामान्य विवादको विषयलाई लिएर पराजुलीमाथि चक्कु प्रहार भएको थियो । चितवन जिल्ला अदालतले घटनाका एक अभियुक्त मिसन पौडेललाई…
Read More
गरिमालाई न्याय माग गर्दै काठमाडौंमा पनि प्रदर्शन

गरिमालाई न्याय माग गर्दै काठमाडौंमा पनि प्रदर्शन

काठमाडौं , भदौ ४- बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा काठमाडौंमा माइतीघरमा पनि प्रदर्शन भएको छ । ‘गरिमा चौधरीलाई न्याय दे, ११८ महिला प्रतिनिधिहरू मुर्दावाद, महिला बालबालिका आयोग कहाँ छ ?, बलात्कारीलाई फाँसी दे,’ लगायतका प्लेकार्ड बोकेर माइतीघरमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । बालिका हत्याको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयहरूले बिहीबार शोक सभा गरेर विद्यालय बन्द समेत भएको छ । सिमरामा अहिले पनि प्रदर्शन चलिरहेको छ । प्रहरीले समयमै ध्यान नदिएकाले बालिकाको हत्या भएको भन्दै बुधबारदेखिको आन्दोलनलाई आज पनि जारी राखेका हुन् । आन्दोलित स्थानीयले बिहीबार बिहानैदेखि उपमहानगरपालिका भित्रका ग्रामीण सडकहरूमा…
Read More
जंगलमा हराएका गैँडाकोटका साढे दुई वर्षीय बालक तीन दिनपछि सकुशल फेला

जंगलमा हराएका गैँडाकोटका साढे दुई वर्षीय बालक तीन दिनपछि सकुशल फेला

कावासोती ,भदौ ४- नवलपुरको गैँडाकोट नगरपालिका–१४ भागरबाट हराएका साढे दुई वर्षीय बालक तीन दिनपछि जंगलमा सकुशल फेला परेका छन् । भागर निवासी हेमकुमारी आले च्याउ टिपेर घर फर्किएपछि उनका नाती साढे दुई वर्षीय शिवान तामाङ घरमा नभएको पाइएको थियो । बालक घरमा नभेटिएपछि परिवारले स्थानीयवासी तथा सुरक्षाकर्मीलाई खबर गरेका थिए । बालक हराएलगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजी कार्य तीव्र बनाएका थिए । खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस प्रगतिनगरबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर पौड्यालको कमाण्डमा १० जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो । त्यस्तै, इलाका प्रहरी कार्यालय रजहरबाट प्रहरी निरीक्षक भरत थापा क्षेत्रीको नेतृत्वमा…
Read More
भ्रष्टाचार बढ्नुमा सरकार, अदालत र महालेखा कार्यालय जिम्मेवार छन् : युवराज दुलाल

भ्रष्टाचार बढ्नुमा सरकार, अदालत र महालेखा कार्यालय जिम्मेवार छन् : युवराज दुलाल

काठमाडौं, भदौ ४- नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले भ्रष्टाचार बढी हुनुमा कार्यपालिका, न्यायपालिका र महालेखा परीक्षकको कार्यालय जिम्मेवार रहेको बताएका छन्। ‘भ्रस्टाचारको ट्रेन्ड र ट्रेन्डेन्सी कसरी अगाडि बढिराखेको छ भन्ने जिज्ञासा छ,’ उनी भन्छन्, ‘यसमा म तीनवटा निकायलाई सँगै जोड्न चाहन्छु। किनभने हाम्रो साझा दायित्व भनेको भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम गर्ने हो। यो अख्तियारको एकल दायित्व त हुँदै होइन।’ संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले अख्तियार प्राप्त संस्था, जिम्मेवारी प्राप्त संस्था र नेतृत्वदायी भूमिका निर्वाह गर्ने संस्था अख्तियार भएको बताए। प्रधानमन्त्री र कार्यपालिकाको टिम बलियो भयो, सुशासनप्रति व्यावहारिक रुपमा प्रतिबद्ध भयो भने भ्रष्टाचारजन्य घटनाहरु घट्ने…
Read More
लेखा समितिमा खगेन्द्र सुनारको आरोप : प्रहरी हेडक्वार्टर बिचौलियाले कब्जा गरे

लेखा समितिमा खगेन्द्र सुनारको आरोप : प्रहरी हेडक्वार्टर बिचौलियाले कब्जा गरे

काठमाडौं , भदौ ४- रास्वपाका सांसद खगेन्द्र सुनारले विचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा यसअघि प्रहरी अधिकारीहरूसँग सवाल जवाफ गरेका सुनार आज पनि बैठकमा त्यही प्रसंग उठाएर बोलेका थिए । उनले प्रहरीको स्रोत साधन खरिदको विषयमा भएको जानकारी अहिलेसम्म आयो कि आएन भनेर प्रश्न गरेका छन् । उनले अघिल्लो बैठकमा आफूले गरेकाप्रश्नहरूमा अहिले पनि दृढ रहेको उल्लेख गर्दै कसैलाई मानमर्दन भएको लागे अदालतमा गएर मुद्दा हाल्न चुनौती दिए । ‘हामीले १५ दिन भित्र प्रहरीको स्रोत साधन खरिदको विषयमा जानकारी पेश गर्न भनेका थियौं । त्यो आयो कि आएन ? फेरि यो बीचमा प्रहरीले…
Read More
हुलाकी सडकअन्तर्गत निकुञ्ज क्षेत्रमा ग्राभेल सडक मर्मत हुँदै

हुलाकी सडकअन्तर्गत निकुञ्ज क्षेत्रमा ग्राभेल सडक मर्मत हुँदै

चितवन , भदौ ४ – भरतपुर–माडी–ठोरी (हुलाकी सडक) अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सडकखण्डको ग्राभेल सडक मर्मत थालिएको छ।राप्ती खोला पुलदेखि रिउ खोला पुलसम्मको सडकखण्डमा सवारीसाधनको आवतजावत सहज बनाउन सडक मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। सडक विभागको हेटौँडा डिभिजनबाट आवश्यक स्रोत–साधन प्रयोग गरी माडी नगरपालिका र चितवन राष्ट्रिय निकुञ्जसँगको समन्वयमा सडक मर्मत भइरहेको हो। वर्षा तथा नियमित सवारी आवागमनका कारण सडकमा देखिएका समस्या समाधान गर्दै आवतजावतलाई सहज बनाउने उद्देश्यले ग्राभेल सडक मर्मत भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ। माडी हुँदै ठोरी तथा भरतपुर आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई सहजता हुने अपेक्षा गरिएको छ।
Read More
सुनको मूल्यमा उछाल, एकैदिन नौ हजार तीन सयले बढ्यो

सुनको मूल्यमा उछाल, एकैदिन नौ हजार तीन सयले बढ्यो

काठमाडौँ, भदौ ४– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु नौ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १३ हजार ४०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ८५५ निर्धारण भएको छ । हिजो छापावाल सुन प्रतितोला रु तीन लाख चार हजार १०० र असली चाँदी प्रतितोला रु चार हजार ५९५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार…
Read More
चितवनमा ७ हजार कुखुराको पोस्टमार्टम, १० प्रकारका रोग पहिचान

चितवनमा ७ हजार कुखुराको पोस्टमार्टम, १० प्रकारका रोग पहिचान

चितवन,भदौ ४- यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा सात हजार कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन ‘पोष्टमार्टम’ गरेको छ । चितवनसहित १६ जिल्लाका कुखुरापालक किसानका ती कुखुराको पोष्टमार्टम गरी रोग पहिचान गरिएको हो । प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो । प्रयोगशाालाले पोष्टमार्टमबाहेक रोग पहिचानको काम गरेको छ । एक हजार ५०० कुखुराको नमुना परीक्षणका क्रममा कुखुरामा १० रोग देखिएको उहाँले जानकारी दिनुभयो । परीक्षणका क्रममा २२ प्रतिशत कुखुरामा इकोलाई, १३ प्रतिशतमा गम्बारो, नौ प्रतिशतमा कुखुरामा घ्यारघ्यारको रोग (सिआरडी) देखिएको उहाँले बताउनुभयो । ढुसीजन्य रोगका नौ प्रतिशत, सिसिआरडी चार प्रतिशत,…
Read More
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,भदौ ४- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधरणतया बादल लागेको छ भने, मधेस प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र…
Read More
चितवनमा एक वर्षमा ६९ वन्यजन्तुको उद्धार, ४२ मृत वन्यजन्तुको व्यवस्थापन

चितवनमा एक वर्षमा ६९ वन्यजन्तुको उद्धार, ४२ मृत वन्यजन्तुको व्यवस्थापन

चितवन, भदौ ३– डिभिजन वन कार्यालय चितवनले गत आर्थिक वर्षमा विभिन्न स्थानबाट ६९ वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ। बस्ती तथा समुदायमा प्रवेश गरेर समस्या सिर्जना गरेका वन्यजन्तुलाई उद्धार गरी व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार उद्धार गरिएका वन्यजन्तुमध्ये सबैभन्दा धेरै अजिङ्गर छन्। बस्तीमा प्रवेश गरी स्थानीयलाई समस्या बनाएका ४५ अजिङ्गरको उद्धार गरिएको हो। त्यस्तै चार चित्तल, तीन रतुवा, तीन धामन सर्प, दुई गोही, दुई मयुर र दुई लाटोकोसेरोको उद्धार गरिएको कार्यालयले जनाएको छ। बाँदर, नियाले बाघ, जरायो, मलसाप्रो, चितुवा, गोहोर, कछुवा र हुच्चिल एक–एकवटा उद्धार गरी व्यवस्थापन गरिएको थियो। कार्यालयका अनुसार सोही…
Read More