मानव बेचविखन सम्वन्धी वक्तृत्वकला : नारायणी नमुना मावि प्रथम
भरतपुर । गैह्र सरकारी संस्था सामरी उत्थान सेवाले आयोजना गरेको मानव वेचविखन सम्बन्धी माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकलामा नारायणी नमुना मावि का कक्षा ९ की छात्रा विमर्शी कुँवर प्रथम भएकी छिन् । भरतपुरको चितवन माविमा आयोजित कार्यक्रममा भरतपुरका विविध विद्यालयका ९ प्रतिष्प्रधीले सहभागिता जनाएका थिए । प्रतियोगीतामा चितवन माविका सोफी अधिकारी दोश्रो, त्यस्तै नारायणी नमुनाका विवेक सिलवाल तेश्रो र नारायणी नमुनाकै कृष्टा पण्डितले सान्तवना पुरस्कार हासिल गरेकी छिन् । विजेताहरुले क्रमस ८ हजार, ६ हजार, ४ हजार र २ हजार नगद सहित प्रमाण-पत्र हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर…